हिरामण्डीबाट मनिषाको बलिउडमा पुनरागम

काठमाडौं । पछिल्लो समय बलिउड अभिनेता अभिनेत्रीहरु वेभ सिरिजमा व्यस्त हुन थालेका छन् । फिल्मको जत्तिनै पैसा वेभ सिरिजबाट पाउने भएपछि उनीहरुको आकर्षक वेभ सिरिज तर्फ बढेको हो ।

यसै क्रममा अभिनेत्री मनिषा कोईरालापनि वेभ सिरिजमा जोडिएकी छिन् ।सञ्जय लीला भन्साली निर्देशित ‘हिरामण्डी’मा मनिषाले मुख्य भूमिका निर्वाह गरेकी हुन् ।

यो वेभ सिरिज बुधबारबाट नेटफ्लिक्स ओटिटीमा प्रदर्शनमा आएको छ । यो वेभ सिरिजमा मनिषासँगै सोनाक्षी सिन्हा, अदिती राव हैदरी, ऋचा चड्ढा, शर्मिन सेगल, सञ्जीदा शेखलगायत थुप्रै कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

बुधबार नेटफिल्कमा हिरामण्डी रिलिज हुँदा यसले दर्शकको निकै राम्रो प्रतिक्रिया पाएको छ । हिरामण्डी रिलिज हुँदा बुधबार नेटफ्लिक्सले दर्शकको उच्च स्कोर पाएकोछ ।

अभिनेत्री मनिषा यो सिरिजमा यौनकर्मीहरुको रानी अर्थात यौन व्यबसायी सञ्चालक बनेकी छिन् । यसमा दरवारमा हुने नाचगानलाई उच्च महत्वका साथ प्रस्तुत गरिएको छ । यसलाई साँगीतिक रिलिज पनि मान्न सकिन्छ । सिरिजमा मनिषालाई पहिलाकै सुन्दरतामा उतारिएको छ । यौन ब्यबसायले हिराको व्यापारसँग यो सिरिजमा दाँजिएको छ ।

पछिल्लो समय राम्रो भूमिका नपाएकी अभिनेत्री मनिषाले हिरामण्डीलाई बलिउडमा आफ्नो पुन आगमनको रुपमा लिएकी छिन् । चार दिन अघि मुम्बईमा गरिएको हिरामण्डीको प्रिमियरमा यो सिरिजलाई सबैले खुलेर प्रसँसा गरे । जसमा अभिनेत्री मनिषाको कामलाई पनि सबैले त्यत्तिकै तारिफ गरे ।

यो रिलिजले आफुलाई अभिनयमा नयाँ उचाई दिने विश्वास अभिनेत्री मनिषाको छ । लामो समयपछि हिरामण्डीमा सञ्जय लिला भन्सालीसँग कामगर्न पाउँदा मनिषा निकै खुसी छिन् ।

मनिषाको यो सिरिजिमा भारतमा अँग्रेजको पालाको कथा र परिवेश प्रस्तुत गरिएको छ । यो सिरिजको सुन्दर र भव्य संसारदे दर्शकलाई अर्कै दुनियाँमा पुगेको महसुर दिलाउँछ । त्यतिबेला पनि भारत यति सुन्दर थियो र भन्ने धेरैको जिज्ञासा छ । हुनपनि हीरामण्डीले एउटा सुन्दर र चाखलाग्दो संसारलाई पर्दामा उतारेका छ । यो रिसिजमा पात्रहरुलाई पनि त्यत्तिकै सुन्दर रुपमा उतारिएको छ ।

निर्देशक भन्सालीले अघिल्लो चलचित्र ‘गंगुबाई काठियावाडी’ पनि यौन ब्यबसायीकै कथामा निर्माण गरेका थिए । आलिया भट्टले शिर्ष भूमिका निर्वाह गरेको यो चलचित्रले निकै राम्रो व्यापार ग¥यो । सोही क्रममा उनले यौन व्यबसायीकै कथामा हिरामण्डीलको निर्माण घोषणा गरे । उनले गंगुवाई काठियावाडी चलचित्रकै सेट स्थलमा हिरामण्डीको सेट बनाएर यसको छायाँकन गरे ।

यसपटक उनले हिरामण्डीमा दरवार मित्रको विलासितलाई पर्दामा उतारेका छन् । राजा महाराजाहरुका तवायव अर्थात यौनकर्मीहरु पनि रानी भन्दा कम सुन्दर हुँदैनन भन्ने यो रिलिजबाट दर्शाईएको छ । राजा महाराजालाई कसरी आफ्नो बसमा पारेर यौनकार्यमा लिप्त बनाउने भन्ने नेतृत्वदायी भूमिकामा यो सिरिजमा अभिनेत्री मनिषा रहेकी छिन् । यौनकर्मीसँग उच्च घरानाको प्रेससम्बन्धले निम्त्याएको समस्या पनि यसमा प्रस्तुत छ । सिरिजले हिरामण्डीबाट भारत स्वतन्त्रताको लागि उठाईएको आन्दोलनलाई पनि प्रस्तुत गरेको छ ।

देवदास, बाजीराव मस्तानी, हम दिल दे चुके सनम जस्ता थुप्रै हिट चलचित्र बनाएका भन्सालीले ती फिल्मकै उचाईमा हिरामण्डीलाई निर्माण गरेको मनिषाको कथन छ ।

सञ्जय लिला भन्सालीले सुरुमा हिरामण्डीलाई फिल्मको रुपमा निर्माण गर्ने तयारी गर्दै थिए । उनले फिल्मबाट कमाउने पैसा नेटफिक्सले दिएपछि हिरामण्डीलाई उनले वेभ सिरिजको रुपमा निर्माण गरेका हुन् । यसलाई दर्शकले नेटफ्लिक्समा पैसा तिरेर हेर्न सक्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीमा ३९ पालिकाको नतिजा सार्वजनिक (सूची सहित)