वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः अध्यक्ष ओली

पश्चिम नवलपरासी । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको बताएका छन् । आज नेकपा एमाले पश्चिम नवलपरासीको नवौँ जिल्ला अधिवेशनलाई सुनवलमा उद्घाटन गर्दे अध्यक्ष ओलीले गठबन्धन भत्काउने खेल सुरु भइसकेको बताएका हुन् ।

देशी विदेशी शक्तिहरु गठबन्धन भत्काउन लागिपरेको बताउँदै उनले एमाले यही गठबन्धन टिकाउने पक्षमा रहेको उल्लेख गरे । प्रतिक्रियावादी शक्तिले अहिलेको गठबन्धन भत्काए भने आगामी निर्वाचनबाट एमाले निर्णायक शक्तिको रुपमा उदाउने बताउँदै त्यसपछि गठबन्धनको आवश्यकतानै नपर्ने दाबी पनि गरे ।

अध्यक्ष ओलीले मुलुकका आन्तरिक मामिलामा हुने बाह्य हस्तक्षेपबाट देशलाई मुक्त गर्न राष्ट्रिय शक्ति निर्णायक रुपमा विकास गर्नुपर्ने सबैभन्दा टड्कारो आवश्यकता रहेको बताए ।

राष्ट्रिय स्वाधिनताको सवालमा एमालेले कसैसँग सम्झौता नगर्ने बताउदै अध्यक्ष ओलीले बाह्य शक्तिबाट सहायता लिने तर आश्रित हुन नहुने धारणा व्यक्त गरे ।

ओलीले भारतीय अतिक्रमणको चपेटामा पर्दे आएको पश्चिम नवलपरासीको सुस्तासहित पर्यटकीय तथा धार्मिकस्थल त्रिवेणी धाम र रामग्राम स्तुपको आजै अवलोकन गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा मेयरका उम्मेदवार धर्नामा