सशस्त्रले जोगायो नदीले बगाउँदै गरेका व्यक्तिको ज्यान


सप्तरी । बैशाख २१ गते बिहान करिब ९ बजेको हुँदो हो । कन्चनरुप नगरपालिका– १ स्थित बैरवाको उत्तर कोशी नदीको सहायक नदी त्रियुगा नदीमा अकस्मात २ जना ब्यक्ति नदीले बगाएर ल्याएको देखिन्छ । उनीहरु बचाऊ बचाऊ गर्दै जीवन रक्षाको याचना गरिरहेका थिए । यता नदी किनारमा ¥याफ्ट बोटसहित लाइफ ज्याकेट र सेफ्टी हेल्मेट लगाएको फौज तैनाथ थियो । सोही बेला बरमझियास्थित सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयका तालिम प्राप्त टोलीले उनीहरुलाई सकुशल उद्धार गरेको देखिन्छ । हेर्दा र सुन्दा नरमाइलो लागे पनि त्यो जल उद्धारसम्बन्धी अभ्यास थियो ।

सप्तरीमा चैत १५ गतदेखि सञ्चालन भएको जल उद्धार तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदीको प्रमुख आतिथ्यतामा समापन भइरहेको कार्यक्रमको दृष्य थियो । २८ दिनसम्म चलेको उक्त तालिममा सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटहरुबाट २८ जना सहभागी थिए ।

तालिम समापनको उक्त अवसरमा कञ्चनरुप नगरपालिका–२ स्थित त्रियुगा नदीमा जलबाट उत्पन्न हुने विभिन्न प्रकोपहरुको सिमुलेशन एक्सरसाइज गरी समापन गरिएको थियो । सो अवसरमा जलद्वारा उत्पन्न हुने विभिन्न प्रकोपका घटनाहरुमा परेका÷फसेका व्यक्तिलाई नदी वा पानीमा नपरी डोरी र लाठीको सहायताद्वारा गरिने ड्राई रेस्क्यू, बोटद्वारा गरिने रेस्क्यू, विभिन्न इम्प्रोभाइज फ्लोटिङ डिभाइसद्वारा गरिने रेस्क्यू, अपर वाटर रिभर क्रसिङ विधीद्वारा गरिने उद्धार अभ्यासहरु र उद्धारकद्वारा पौडी खेली पानीमा फसेका ब्यक्ति समक्ष पुगी गरिने उद्धार अभ्यासको प्रदर्शनी गरिएको थियो ।

अभ्यास कला अवलोकनका लागि शिक्षालयमा कार्यरत सिनियर अधिकृत, जुनियर अधिकृत, अन्य दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदीले स्थानीय प्रशासनसँग समन्वय र सहकार्य गरी विभिन्न विपद्जन्य विशेष प्रकृतिका तालिमहरु थप सञ्चालन गर्दै लैजानु पर्नेमा जोड दिएका थिए ।

उनले स्थानीय निकायहरुसँगको सहकार्यमा यस्ता प्रकृतिका प्रशिक्षणहरुले विपद्जन्य घटनाहरुमा समुदायस्तरका युवाहरुलाई तत्काल उद्धार कार्यमा परिचालन गर्न सकिएमा क्षती न्यूनीकरण गर्न सहज हुने भएकोले सोही अनुरुप कार्ययोजनासहित अगाडि बढ्नु पर्ने बताए ।

सशस्त्र प्रहरी बल नेपाल विपद उद्धार कार्यमा दक्ष जनशक्ति रहेको सुरक्षा संगठन हो । विपद व्यवस्थापनमा बंगलादेश र नेपालमै तालिम प्राप्त गोताखर जनशक्ति सशस्त्र प्रहरीमा रहेका छन् । सशस्त्रको आफ्नै विपद व्यवस्थापन तलिम केन्द्र कुरिनटारमा रहेको छ । हालै मात्र हरेक प्रदेशमा सशस्त्र प्रहरी विपद व्यवस्थापनको कार्य मात्र गर्ने गरी डिएसपीको कमान्ड युनिट स्थापना गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदानको ७२ घण्टा अघि सिमा नाका सिल हुने