रोग लुकाउनाले पाठेघर भयावह बन्दै : स्त्री विशेषज्ञ राय

बारा । नेपालमा महिलाहरूले पाठेघर सम्बन्धि रोग लुकाउनाले भयावह हुने गरेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा मन्जु रायले बताईन । पाठेघर सम्बन्धि समस्या महिलाहरूले कसैलाई भन्न लाज मान्ने गरेकोले नै समस्या जटिल हुदै गएको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका प्रसुती तथा स्त्री रोग विशेषज्ञ राय बताउछिन ।

पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा डा रायले महिलाहरूले पाठेघर सम्बन्धि समस्या हुदा आफ्नो श्रीमानलाई समेत बताउन नसक्दा नै यो रोगको विरामीको संख्या दिनहु बढ्दै गएको उनी बताउछिन । महिलाहरू खुलेर कुरा नगर्दा विरामीहरू जोखिममा पर्ने गरेका छन् ।

समय मै पाठेघर सम्बन्धि कुनै पनि समस्या आए उपचारको लागि तुरून्त चिकित्सक निर पुग्दा रोगबाट निको हुन सक्ने डा रायले भनिन ।

पछिल्लो समय पाठेघरसँग सम्बन्धित विभिन्न रोगसँग अधिकांश महिलाहरु लडिरहको उनले बताईन । समग्र स्वास्थ्य, प्रजनन् र दीर्घायुको लागि महत्त्वपूर्ण पाठेघरको हेरचाहमा विशेष ध्यान नदिंदा विभिन्न रोगको जोखिम आइरहेको डा बताउछिन ।

महिलाको उमेरअनुसार पाठेघरमा देखिने समस्या फरक–फरक हुने गरेको उनले बताईन । पाठेघरमा खासगरी मासु पलाउने, पाठेघरको मुखको क्यान्सर, डिम्बाशय ट्युमर, डिम्बाशयमा सिस्ट (डल्लो) पलाउने, सेतो गन्हाउने पानी बग्ने, पाठेघरको संक्रमण जस्ता समस्या आउने गरेको डा रायले बताइन ।

पाठेघरलाई स्वास्थ्य राख्न प्रत्येक महिलाले पौष्टिक आहार, व्यायाम, भित्री लुगा दिनहु बदल्ने, महिनावारीको समयमा प्याड लामो समय सम्म प्रयोग नगर्ने लगायतको कुरामा ध्यान दिनुपर्ने डा रायले सुझाव दिएकी थिएन ।

त्यस्तै महिला स्वास्थ्य सम्बन्धि संवैधानिक तथा कानुनी व्यवस्था ’bout मकवानपुर जिल्ला सरकारी वकिल कार्यालयको सहायक जिल्ला न्यायाधिवक्ता विष्णु कुमारी चौधरीले धारा ३५ स्वास्थ्य सम्बन्धि हकको (१) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्न हक हुनेछ । कसैलाई पनि अकास्मिक स्वास्थ्य सेवाबाट वंचित गरिने छैन ।, (२) प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ । , प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा सम्मान पहुँचको हक हुनेछ, जानकारी गराईन । महिला स्वास्थ्य सम्बन्धि संवैधानिक तथा कानुनी व्यवस्था ’bout सञ्चारकर्मीलाई जानकारी गराइन ।

कार्यक्रममा बोल्दै उपमेयर सोममाया थिङ्गले महिलाहरूलाई लाग्ने रोग डाक्टरलाई नलजाई बताउनु पर्नेमा जोड दिइन । समय मै रोग पता लागे डाक्टरले बचाउन सक्ने उनले बताइन ।

साथै निजगढ नगरपालिकाले ग्रामिण बस्तीमा गएर स्वास्थ्य सम्बन्धि कार्यक्रमहरू गरेको बताईन । आफ्नो कार्यकालमा करिव पाच सय ८४ जनाले स्वास्थ्य सम्बन्धि जटिल सेवा पाएको जानकारी गराईन । नगरपालिकाले गरेको कार्य प्रचार प्रसार गरिदिन सम्पुर्ण सञ्चारकर्मीसँग आग्रह समेत गरिन ।

बाराको निजगढमा राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र टेकु काठमाडौंको सहयोगमा तथा हेल्थ नेपाल मिडिया प्राविको आयोजनामा पाठेघर खस्ने समस्या सम्बन्धि पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रममा उपप्रमुख सोममाया थिङ्ग, प्रमुख प्रशासकिय अधिकृत अजय बर्तौला, महिला प्रजनन स्वास्थ्य प्रवर्धन कार्यक्रम संयोजक रामप्यारी तिमल्सिनाको सहभागिता रहेको हेल्थ अवाजका कार्यकारी सम्पादक भिसा काफलेले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 116 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा निवासमा प्रचण्डलाई यो हदसम्मको बेवास्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बिवेकशीलले काठमाडौं महानगरकाे मेयर/उपमेयरमा दुबै महिला उम्मेदवार उठाउने