लायन्स क्लब बने अग्नी पीडितको सहारा

बारा । लायन्स क्लब अफ वीरगन्ज प्रभु एण्ड सेन्ट्रल सिटि अग्नी पिडितको सहारा बनेका छन् । बाराको फेटा गाउपालिका वडा नम्बर १ चिल्झफटीमा अग्नी पिडितको सहारा लायन्स क्लब अफ वीरगन्ज प्रभु एण्ड सेन्ट्रल सिटि बनेका हुन ।

लायन्स क्लब अफ वीरगन्ज प्रभुका सभापती दिगम्बर गुप्ता र सेन्ट्रल सिटीका उप सभापति डा लक्ष्मी थापाको सयुक्त टोलीले मंगलवार घटनास्थलमा पुगेर राहत वितरण गरेका हुन । प्रत्येक घर परिवारलाई खाना पकाउने ग्यास चुल्हो ४ थान, बाल्टी, साबुन, सर्फ, कपी, कलम लगायतको समाग्री पिडित परिवारलाई वितरण गरेका थिए ।

अग्नी पिडितलाई सहयोग गर्दै भावुक भएका सेन्ट्रल सिटीका उप सभापति डा लक्ष्मी थापाले एकले थुकी सुकी, सयले थुकी नदी भनेझै हामीले सहयोग गरे पछि पिडित परिवारलाई सबैथोक पुगेको नसोचेर सहयोगी हातहरू अघि बढ्न आग्रह समेत गरेकी थिइन ।

लायन्स क्लब अफ वीरगन्ज प्रभुका सभापति दिगम्बर गुप्ताले अग्नी पिडित ठुलो समस्यामा पर्न सक्ने संभावना रहेकोले सबैले सक्दो सहयोग गर्ने बताए । हावाहुरी, वर्षायाम आउने बेलामा पिडितलाई बस्ने घर नभएकोले दाताहरूले सहयोग गर्न सक्ने गुप्ताले बताए ।

बैशाख २० गते फेटा गाउपालिका वडा नम्बर १ चिल्झफटी गाउँमा आगो सल्केर चार वटा घर जलेर पुर्ण रूपमा खरानी भएको थियो । पालिकामा आफ्नो वारुणयन्त्र यन्त्र नहुदा छिमेकी जिल्ला पर्साको विरगंजबाट वारुणयन्त्र मगाएर आगोलाई नियन्त्रणमा लिएको थियो ।

आगलागीमा परेर चार घरपरिवार विस्थापित भएका छन् । आगलागीमा परेर स्थानीय ४० वर्षीय सुदर्शन ठाकुरको घरपरिवार ममता देवी, प्रिती कुमारी, प्रितम कुमार, रितम ठाकुर, ७० वर्षीय बुधिया देवी, ७० वर्षीय मैना कुमारीका घरपरिवार मेलालाल ठाकुर, अनिता ठाकुर, राजा ठाकुर, लालमुनी कुमारी, मधु कुमारी र श्रीलाल राउत कुर्मी, शोभा देवी, सुजित कुमार, अजित कुमार, काजल कुमारी रहेको प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी गराएका छन् ।
कुनै किसिमको मानवीय क्षति नभए पनि आगलागीमा चारै घर परिवारको लता कपडा, पैसा, अन्न लगायत लाखौको क्षति भएको प्रहरीको तथ्यांकले देखाउछ ।

त्यस्तै प्रसौनी गाउपालिका अध्यक्ष विनोद जैयसवारले चामल १ बोरा, आलु १० केजी, दाल ५ केजी, साडी १ पिस, डेक्ची, ढकन, कराही एक गोटा र थाली, गिलास दुई गोटा वितरण गरेका थिए । आफ्नो पालिकामा नपर्ने भए पनि गाउपालिका अध्यक्षले वितरण गर्न आएको देखेर स्थानीय हर्षित भएका थिए ।

राहत वितरण कार्यक्रममा लायन्स क्लब अफ वीरगन्ज प्रभुका सभापती दिगम्बर गुप्ता र सेन्ट्रल सिटीका उप सभापति डा लक्ष्मी थापा, डा मनोज गुप्ता, सेन्ट्रल सिटीका सचिव सुशीला साह, प्रभुका मुकेश गुप्ता, अजय कुमार साह, प्रसौनी गाउपालिका अध्यक्ष विनोद जैयसवार, पुर्व वडाध्यक्ष जय प्रकाश दास, विश्रामपुर लोसपा नेता अजय गुप्ता, लोहा यादव लगायत स्थानीयको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

एक हातमा दुधे बालक र अर्को हातमा खाली गाग्री बोकेर खानेपानी माग्दै सुकुम्बासी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आज काठमाडौंमा सत्ता गठबन्धनकाे चुनावी सभा