प्रजनन स्वास्थ्य र हानिकारक प्रचलनसम्बन्धी किसोर–किसोरी प्रशिक्षण

बैतडी । बैतडीको मेलौली नगरपालिका वडा न. २ र ३का किसोर–किसोरीहरुलाई प्रजनन स्वास्थ्य तथा समाजमा व्याप्त हानिकारका प्रचलनहरुको अन्त्य सम्वन्धी प्रशिक्षण दिइएको छ । दलित समाज विकास मञ्च बैतडीले यी दुई वडामा रहेका ४ विद्यालयका किसोर किसोरी समुहलाई प्रशिक्षण दिएको हो ।

मञ्चले गठन गरेका किसोर किसोरी समूहमा प्रशिक्षण दिई जनचेतना अभिवद्धि गर्दैआएको मञ्चका कार्यक्रम संयोजक जयराम विश्वकर्माले बताए । विगतमा प्रजनन स्वास्थ्यका बिषयमा कुरा गर्न लजाउने प्रवृत्ति हट्दै गएको मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्दले बताए ।

मेलौली–०२ स्थीत सलेना स्वास्थ्यचौकीमा आयोजीत प्रजनन स्वास्थ्य सम्वन्धी प्रशिक्षण कार्यक्रममा उपस्थीत भएका चन्दले स्कूलमा प्रजनन स्वास्थ्य सम्बन्धी नपढाउने प्रवृत्ति अन्त्य भएको उनले बताए । विगतको तुलनामा लैंगिक हिंसा न्यूनिकरण भएको उनको भनाई छ ।

किसोरावस्थामै प्रजनन् स्वास्थ्यको ज्ञान दिने तालिमहरु सञ्चालन हुनु सकारात्म पक्ष रहेको नगर प्रमुख चन्दको भनाई छ । नेकपा(एमाले) बैतडी जिल्ला सचिवालय सदस्य जगदीश नायकले प्रजनन् स्वास्थ्य ’bout जनचेतना अभिवृद्धि गर्दा स्वास्थ्य समस्याहरु समाधान हुने बताए ।

मेलौली २का वडाअध्यक्ष कृष्णदत्त भट्टले किसोरकिसोरीले बालबिवाह प्रजनन् स्वास्थ्य’bout छलफल सञ्चालन गर्दै आएकोमा वडाबाट आवश्यक सहयोग गर्ने बताए । मञ्चकी अध्यक्ष सरस्वती नेपालीले वडा न. २ र ३ मा किसोरकिसारी समुहहरु गठन गरि जनचेतनामुलक कार्यक्रम गर्दै आएको बताइन् ।

यसैगरी मेलौली–३ लिखोडा स्थीत सुदर्शन माविका विद्यार्थीहरुसंग सोमबार बालबिवाह न्यूनिकरण सम्वन्धी १ दिने छलफल कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा बालबिवाह, लैंगिक हिंसा, छाउपडी प्रथा, जातीय भेदभाव तथा छुवाछुत लगायत हानिकारक प्रचलनका बिषयमा छलफल गरिएको हो ।

छलफलमा विद्यार्थीहरुले गाउँ समाजमा व्याप्त रहेको हानिकारक प्रचलन अन्त्यको अभियानमा लागेको बताए । विद्यालयका प्रधानाध्यापक सुरतबहादुर चन्दले हानिकारक प्रथाको अन्त्य गरि समतामुलक समाज निर्माणमा सरकारी तथा गैरसरकारी निकायको महत्वपुर्ण भुमिका रहने बताए ।

दलित समाज विकास मञ्चकी अध्यक्ष सरस्वती नेपालीले सबै प्रकारका विभेदहरुको अन्त्यका लागि नयाँ पुस्ताले समेत सोच परिवर्तन गर्नुपर्ने बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चार पालिका जितेको एमाले योपटक शून्य