फुलकन्ट्रयाक्ट कराते सम्पन्न

पोखरा । १८ औं राष्ट्रिय पुरुष तौल समूह तथा १७ औं राष्ट्रिय महिला खुला फुलकन्ट्रयाक्ट कराते प्रतियोगिता मंगलबार सम्पन्न भयो । प्रतियोगितामा सात प्रदेश, नेपाली सेना र सशस्त्र प्रहरीको दुई विभागीय टोली सहभागी थियो ।

५० केजी मुनी तौल समूहमा विज्ञान लेलोन्यो प्रथम, हेमन बस्नेत दोस्रो र सुशील तामाङ तेस्रो भए । यस्तै ६० केजी तौल समूहमा आर्मीका प्रवीण माझी प्रथम, आर्मीकै केशरबहादुर नेपाली दोस्रो र विजय राई तेस्रो भए ।

७० केजी मुनीको तौल समूहमा शनिसिंह सुनार प्रथम, विकास शाही दोस्रो र महेन्द्र गजमेर तेस्रो तथा अम्लेसकुमार सहरी चौथो भएका थिए । यस्तै ७० केजीभन्दा माथिको तौल समूहमा अमित महर्जन प्रथम, पेम्बाछिरि तामाङ दोस्रो, विशाल सुनार तेस्रो र रविन्द्र बुढाथोकी चौथो भएका थिए ।

महिला खुलातर्फ अविशा तामाङ प्रथम, सुमित्रा नगरकोटी दोस्रो, रिना माझी तेस्रो र बबिता मोक्तान चौथो भएकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा निवासमा प्रचण्डलाई यो हदसम्मको बेवास्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ललितपुरमा कांग्रेसबाट धोका भएको माओवादी केन्द्रको निष्कर्ष