लिगअघि परीक्षण अनिवार्य

लन्डन । इंग्ल्यान्डको लिग म्यानेजर्स एसोसियसन (एलएमए) का प्रमुख कार्यकारी रिचार्ड वेभानले लिग पुनः सुरु गर्नुअघि सम्पूर्ण खेलाडीको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्नुपर्ने बताएका छन् ।

रिचार्डले लिगअघि नै खेलाडी, प्रशिक्षक, अफिसियललगायत सम्पूर्णको कोरोनाको परीक्षण गर्नुपर्ने बताएका हुन् । ‘यसका लागि सरकार या सम्बन्धित निकायले कोरोना परीक्षणको दायरा बढाउनुपर्नेछ । परीक्षणका लागि हरेक ठाउँमा एनएचएस कार्यकर्ता तैनाथ गरिनुपर्नेछ । ताकि सबै खेलाडीको छिट्टै परीक्षण सकियोस् र खेल्नयोग्य वातावरण बनाइयोस्,’ रिचार्डले भने, ‘यो अवस्थामा स्वास्थ्य नै ठूलो कुरा हो । सम्बन्धित निकायले परीक्षणको सामग्री उपलब्ध गराउनुपर्छ ।

यसलाई खेलकुदसम्म पहुँच पु¥याउनुपर्छ ।’ उनले खेलाडीको स्वास्थ्य ठीक रहे÷नरहेको ’bout सरकारले ठीक छ भनेर पुष्टि गरेपछि मात्र खेल्नका लागि मैदान प्रवेश गर्ने बताएका छन् । ‘जर्मनीले अर्का महिना लिग सुचारु गर्ने बताइसकेको छ । त्यहाँको सरकारले सबै नागरिकमा गरेको परीक्षणको दायराले पनि यो स्पष्ट पार्दछ कि जर्मनीले अर्काे महिना जर्मन लिग आयोजना गर्न सक्दछ,’ रिचर्डले थपे ।

उनले लिग सुचारु गर्नुअघि कम्तीमा तीन साता तयारीको आवश्यकता रहेको समेत बताएका छन् । कोरोनाको महामारीको कारण इंग्ल्यान्डसँगै विश्वको खेलकुद गतिविध ठप्प छ ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महाराजगन्ज नगरपालिकामा उपमेयर पदका उम्मेदवारको मृत्यु