फुटबल सुरुवात गरिहाल्नु मुर्खता

जुरिच । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले तत्काल फुटबल सुरुवात गर्न खोज्नु गैरजिम्मेवारीपूर्ण हुने बताएका छन् । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण र त्रास अझै रहेकाले यो अवस्थामा फुटबल सुरुवात गर्न खोज्नु मुर्खतापूर्ण कदम हुने बताएका हुन् ।

कोरोनाका कारण विश्वभरका खेलकुद गतिविधिसँगै घरेलु फुटबल पनि अनिश्चितकालका लागि स्थगित छ । महामारीकै त्रासका कारण टोकियो ओलम्पिक, युरोप २०२० र कोपा अमेरिका कपलगायतका ठूला खेलकुद प्रतियोगिता एक वर्षपछि सरिसकेका छन् । केही देश बेलारुस, बुरुन्डी, निकारागुआ र ताजकिस्तानमा भने फुटबल सञ्चालन भइरहेका छन् । अध्यक्ष इन्फान्टिनोले सुरक्षा नै पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै यो अवस्थामा जोखिम मोलेर फुटबल सुचारु गर्नुभन्दा केही समय पर्खनु नै उचित हुने र आफ्ना सदस्य राष्ट्रहरूलाई यसमा सचेत रहन आग्रह गरेका छन् ।

‘अहिलेको अवस्थामा खेल नहुनु, प्रतियोगिता नहुनु, लिग नहुनु भनेको मानवजातिलाई स्वस्थ राख्नु हो । जसले मानवजातिलाई खतरामा राख्नेछैन,’ अध्यक्ष इन्फान्टिनोले भने, ‘अहिलेको अवस्थामा सबैको चासो फुटबलमा छ । सबैमा अन्योलता रहेको छ । तर, म विश्वस्त छु कि हाम्रो फुटबलको भविष्य विगतको भन्दा पक्कै राम्रो भएर आउनेछ । तर, शतप्रतिशत सुरक्षित नभएको अवस्थामा फुटबल पुनः सुरु गर्न खोज्नु गैरजिम्मेवारी हुनु हो ।’

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरपालिका: स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनकै धेरै