समुदायमा नागरिक शिक्षाको महत्व

प्रजातन्त्र पुनस्र्थापनापछाडिको निर्वाचनमा काठमाडौंका जनताले सन्त नेता कृष्णप्रसाद भट्टराईलाई हराएपछि नेपाली कांग्रेसका शीर्ष नेता गणेशमान सिंहले काठमाडौंका मतदातालाई भेडा भन्नुभएछ । कृष्णप्रसाद भट्टराईजस्तो त्यागी तथा प्रजातन्त्रका लागि जीवनभर संघर्ष गरेको योग्य नेतालाई हराउँदा राजनीतिमा स्वच्छ छवि भएका त्यागी नेता गणेशमानलाई पीर पर्नु स्वाभाविकै थियो । यो सांकेतिक भनाइ नेपाली राजनीतिमा अहिले पनि प्रयोग भइरहेको पाइन्छ । मतदाताहरूलाई भेडीगोठ बनाएर कहिले डडेलधुरा, कहिले गोर्खा त कहिले इलामलगायतका मतदातालाई व्यंग गरेका दृश्यहरू सामाजिक सञ्जालहरूमा देखिन्छ । यसो हुनुका पछाडि नेपाली समाजले असल नेतृत्वको चयन गर्न नसकेको सांकेतिक असन्तुष्टिका रूपमा बुभ्mनुपर्छ ।

नागरिक शिक्षा र लोकतन्त्रका बीचमा अन्तरसम्बन्ध छ । नागरिक शिक्षा प्रजातान्त्रिक शिक्षा हो । यसले व्यक्तिमा प्रजातान्त्रिक आचरण, कल्याणकारी भावनाका साथै कर्तव्यबोध गर्ने अनुभूतिको विकास गराइदिन्छ । आज राजनीति प्रशासन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा संलग्न व्यक्ति तथा व्यक्तित्वहरूमा लोकतान्त्रिक चरित्रको अभाव देखिन्छ । यस अभावलाई नागरिक शिक्षाको ज्ञानले मात्र पूर्णता दिनसक्छ । नागरिक शिक्षाले हरेक व्यक्तिमा मुलुकप्रतिको माया, इतिहासको गौरव, सार्वभौमिकताको रक्षा, राष्ट्रिय भावनाको जागरण, स्वदेशीपनको भावनाजस्ता गुणहरूको विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ । कुनै पनि व्यक्ति अमुक राजनीतिक आस्थाको समर्थक, भौगोलिक क्षेत्रको बासिन्दा वा साम्प्रदायिक समूहको सदस्य हुनुभन्दा पहिले ऊ आप्mनो मुलुकको नागरिक भएकामा गर्व गर्नसक्ने व्यक्तित्व निर्माणमा नागरिक शिक्षाले महत्वपूर्ण भूमिका खेल्छ ।

लोकतन्त्र र नागरिक शिक्षाको अन्तरसम्बन्ध हुन्छ । शिक्षाविद् गुटम्यानले लोकतान्त्रिक मुलुकका जनताले राजनीतिक ज्ञानबाट प्रशिक्षित हुनका लागि नागरिक शिक्षाको ज्ञान अनिवार्य हुन्छ, भनेका छन् । नागरिक शिक्षाले व्यक्ति तथा समाजलाई प्रजातान्त्रिक, लोककल्याणकारी तथा सहयोगी बन्न मद्दत गर्छ । यसका साथै आप्mनो अधिकारको कुरा गर्दा अरूको हक, अधिकारको ख्याल गर्ने अक्कलको विकास गर्न नागरिक शिक्षाको ज्ञानले चेतना दिन्छ ।

हाम्रो मुलुकका सन्दर्भमा राजनीति गर्ने व्यक्तिहरूको कुनै पनि योग्यताको मापदण्ड छैन । औंठाछापदेखि विद्यावारिधि गरेकाहरू राजनीतिमा छन् । सक्षम राजनीतिज्ञ कसलाई भन्ने ? प्रजातन्त्रका लागि जेलनेल सहेकाहरूलाई भन्ने कि, उच्चशिक्षा हासिल गरेका शिक्षितहरूलाई भन्ने ? कि विद्रोह गरेर राजनीतिमा उदाएकाहरूलाई ? अथवा नेतृत्वको आलोचना गर्नेहरूलाई ? राजनीतिक क्षेत्रको यस्तो भद्रगोल अवस्थामा नेपाली समाजले सक्षम नेतृत्व चयन गर्नका लागि नागरिक शिक्षाको ज्ञान आवश्यक हुन्छ ।

कुनै पनि व्यक्ति अमुक राजनीतिको समर्थक हुनुभन्दा पहिले ऊ आफ्नो मुलुकको नागरिक हो

प्रजातन्त्रका लागि त्याग, तपस्या र बलिदान गरेर सत्तामा पुगेका नेतागणहरू मुलुक विकास र सुशासनमा असक्षम भएका छन् । तर, मतदाताले उनै अनुहारलाई पटकपटक मतदान गरिरहेका छन् । यसको अर्थ नेपाली समाजले योग्य र अयोग्यताका आधारमा होइन, दल र लहरका आधारमा निर्वाचन चिह्नमा छाप लगाउने गरेको पाइन्छ । त्यसो त मुलुकको राजनीतिक प्रणालीमा मतदाताले एउटा सांसद पदका लागि भोट दिने हो । ऊ जति नै सक्षम भए तापनि संसदीय व्यवस्थामा प्रधानमन्त्री वा मन्त्री बन्ने व्यक्ति भागबन्डामा अर्कै हुन्छ । तथापि, नेतृत्व छनोटमा मतदाताहरू पनि सक्षम हुनु आवश्यक हुन्छ ।

नेपाली समाजमा गरिबी छ । जनता आसे छन् । नेतृत्व बेइमान छ । लाटा देशका गाँडा तन्नेरीहरू राजनीतिका कच्चा खेलाडी बनिरहेका छन् । ती तन्नेरीमध्येका अलि असल तन्नेरी पनि छनोट गर्न नसक्नु मतदाताको ठूलो कमजोरी हो । यसो हुनुका पछाडि समाजमा नागरिक ज्ञानको अभाव हुनु हो । प्रजातान्त्रिक ज्ञानको अभावमा मतदाताहरूको चेतना दलतान्त्रिक हुन्छ । मेरो गोरुका बाह्रैटक्का भनेझैं कुनै पनि दलमा आबद्घ भएपछि उही दल वा नेता विशेष रोजाइमा परेको अवस्था छ । समाजमा गुण र दोषका आधारमा अथवा ठीक वा बेठीकका आधारमा राजनीतिक धारणा बनाउनसक्ने क्षमताको विकास हुनसकेको छैन । त्यसैले, हरेक समुदायमा नागरिक शिक्षाको ज्ञान आवश्यक छ ।

नागरिक शिक्षा व्यक्ति, समूह र समुदायलाई आपसी सहयोग, मेलमिलाप, सद्भाव, सहमति र सहकार्य गर्ने संस्कृतिकोे विकासमा सहयोग गर्ने ज्ञानको स्रोत हो । नागरिक शिक्षाको अभावमा समाज आदर्शवादी बन्नसक्दैन । व्यक्ति, समाज र राज्यले आ–आप्mना कर्तव्य र दायित्व बोध गर्न सक्दैनन् । स्मीथका अनुसार नागरिक शिक्षा मानिसलाई व्यक्तिबाट सामाजिक व्यक्तित्वमा रूपान्तरण गर्न मद्दत गर्ने ज्ञानको स्रोत हो, भन्ने छ । सामाजिक व्यक्तिले आप्mनो मात्र नभएर समाजको भलो चाहन्छ । त्यसैले, स्मीथले भनेजस्तो नागरिक शिक्षाको ज्ञानले एक जैविक व्यक्तिलाई सामाजिक व्यक्तिका रूपमा परिणत गर्नका लागि महत्वपूर्ण भूमिका खेल्छ भन्ने कुरा बुभ्mनुपर्छ । वर्तमान अवस्थामा हाम्रो सामाजिक जीवन अत्यन्त आत्मकेन्द्रित भएको अवस्था छ । आप्mनो फाइदाका लागि जस्तोसुकै कर्म पनि गर्ने संस्कृतिको विकास भएको छ । व्यक्तिवादी चिन्तन र स्वसेवामुखी अभ्यास बढ्दै जाँदा ‘सर्वे भवन्तु सुखिन सर्वेसन्तु निरामया’को मर्म हराउँदै गएको छ । यस अर्थमा हरेक व्यक्तिमा नागरिक शिक्षाको ज्ञान अपरिहार्य भएको छ ।

राजनीतिक क्षेत्रका व्यक्ति एवं व्यक्तित्वहरूमा लोकतान्त्रिक आचरणको अभाव रहेको अवस्था छ । समाजका अग्रजहरूमा लोकतान्त्रिक आचरण नहुनाले अन्य क्षेत्रहरूमा समेत नकारात्मक प्रभाव परिरहेको छ । राजनीति मुलुकको मुख्य नीति हो । राज्य सञ्चालन गर्ने नीति बनाउने संयन्त्र हो, राजनीति । तर, विडम्बना ! राजनीति नीतिमुखी भएन, नेतामुखी भयो । नेपाली समाजले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र वा जनतन्त्रका लागि संघर्ष गरेर व्यवस्था परिवर्तन गरे तापनि नेतामुखी भएकाले परिवारवाद, नातावाद, दातावाद तथा मनपरीवादको अभ्यास भइरहेको छ । यस दृष्टिकोणबाट हेर्दा हाम्रो मुलुकको नेतृत्वमा नागरिक शिक्षाको ज्ञान अनिवार्य सर्त हो ।

लोकतन्त्रको अभ्यास र विकासका लागि राजनीतिक दलहरू र आमजनताले लोकतन्त्रका मूल्य र मान्यताहरूको बोध गर्न आवश्यक हुन्छ । एकातिर राजनीतिक दलहरूमा लोकतान्त्रिक आचरणको अभाव छ भने अर्कोतिर समाज लोकतान्त्रिक बन्न सकेको अवस्था छैन । नेपाली समाज दलतान्त्रिक भएको छ । हल्लाको पछाडि दौडने जनताका कारण क्षमता, योग्यता तथा योगदानबिना नै कतिपय व्यक्तिहरूले सांसद पद पाए । राजनीतिलाई समाज सेवामा होइन सीमित व्यक्तिको काइदा र फाइदाको क्षेत्र बनाए ।

दलीय चेतना व्याप्त भए पनि नेपाली समाजमा शैक्षिक चेतनाको स्तरमा निकै कमजोर छ

दलहरूमा कांग्रेस प्रजातान्त्रिक पार्टी हो । तथापि, दलभित्र प्रजातान्त्रिक चेतनाको स्खलन हुँदा पनि वा कांग्रेसजनहरू भ्रष्ट वा असक्षम भएको सामाजिक आरोप छ । तथापि, कांग्रेस हुँ भन्नेहरूले नेतृत्वको पूजा आरधना गर्न छाड्दैनन् । कम्युनिस्टहरूको गोलाइ र फुटाइ उदेकलाग्दो छ । कम्युनिस्टहरूका केही अध्ययनशील नेताहरूले माक्र्सवाद, लेनिनवाद, माओवादजस्ता सैद्घान्तिक ज्ञान आर्जन गरेका होलान् तर उनीहरूमा नागरिक शिक्षाको ज्ञान पटक्कै देखिँदैन । माथिल्लो तहका नेतृत्वगणहरूमा नै प्रजातान्त्रिक आचरण नभएपछि दलमा लाग्ने कार्यकर्ताहरू प्रताजान्त्रिक हुन सक्दैनन् । नागरिक ज्ञानको अभावमा नेतृत्व व्यक्तिवादी हुन्छ । कार्यकर्ताहरू नेतामुखी हुन्छन् । जनता चुनाव चिह्नमुखी हुन्छन् । यस्तै भइरहेको छ । प्रजातान्त्रिक आचरणको अभावका कारण हरेक दलका नेतागणहरू साहु बनेका छन् । नवधनाढ्य बनेका छन् । तर पनि मतदाताहरूले भोट हाल्न छाडेका छैनन् । यस दृष्टिकोणबाट हेर्दा नेपाली समाजमा नागरिक शिक्षाको चेतना अत्यन्त कमजोर रहेको प्रमाणित हुन्छ ।

नेपाली समाज चेतनाको स्तर कमजोर भएकाले नेताहरूले समाजलाई भाँड्न सकेका हुन् । विभिन्न कित्तामा बाँड्न सकेका हुन् । यदि, समाजले राजनीतिक दलहरूको स्वार्थलाई राम्ररी बुभ्mनसक्ने क्षमता राख्न सकेको भए जनताले दर्जनांै नेताहरूका पछाडि लागेर समाजलाई भद्रगोल बनाउने थिएनन् । मुलुकमा कतिपय क्षेत्रीय दलहरू छन् । माउ पार्टीबाट छुट्टिएका दलहरूको नाम सम्झी नसक्नु छन् । मदेसवादी दलहरू दर्जनौं छन् । यी भुरे दलहरूको राजनीतिक दर्शन के हो ? सिद्धान्त के हो ? न त नेताहरूलाई थाहा छ । न त मतदाताहरूलाई नै !

नयाँ युवापुस्ताको दल भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीहरूमा न त राजनीतिक सिद्धान्त छ, न त मुलुक विकासको दृष्टिकोण । घण्टीका पछाडि लाग्नेहरूको न त कुनै राजनीतिक विचार छ, न त सिद्घान्त । नागरिक शिक्षाको अभाव भएको समाजले राजनीतिमा आउने कच्चा खेलाडीहरूलाई बुभ्mदैन । हल्लाको पछाडि कुद्ने जमात सानो छैन । राजनीतिक रूपमा समाज सचेत नभएसम्म राजनीतिक सिद्घान्त, विचार, दृष्टिकोण, विकास योजना, कार्यक्षमता भएको नेतृत्वको चयन हुनसक्दो रहेनछ भन्ने कुरा विशेष गरेर गणतन्त्रपछाडि भएका दुईवटा निर्वाचनहरूले प्रस्ट पारेका छन् ।

अन्त्यमा नेपाली समाजमा दलीय चेतना व्याप्त छ । नेपाली समाजमा शिक्षाको स्तर कमजोर छ । अझै पनि एक तिहाई जनसंख्या शिक्षाबाट वञ्चित भएको अवस्था छ । यस सन्दर्भमा हरेक स्थानीय तहहरूमा नागरिक शिक्षाका तालिमहरू सञ्चालन गर्नुपर्छ । नागरिक शिक्षाको विषयवस्तुलाई विद्यालयदेखि उच्च शिक्षासम्म पाठ्यक्रम तथा पाठ्यपुस्तकहरूमा समावेश गर्नुपर्छ । यसका साथै नागरिक शिक्षालाई राष्ट्रव्यापी बहसको विषय बनाइनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा निवासमा प्रचण्डलाई यो हदसम्मको बेवास्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरकाे भिमदत्तमा कांग्रेस उम्मेदवार बिजयी