धनगढीविरुद्ध उच्च अदालतमा परेको रिट खारेज

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाविरुद्ध उच्च अदालत दीपायलमा परेको मुद्दा खारेज भएको छ । गत १६ कात्तिकमा धनगढीको वडा नम्बर ३ की शारदा खत्री र बालकुमारी दासले धनगढी उपमहानगरविरुद्ध उच्छ अदालतमा रिट दायर गरेका थिए ।

उनीहरूले उपमहानगरपालिकाले सडक चौडा बनाउन लागेको भन्दै रिट दायर गरेका थिए । उच्च अदालतमा दायर रिटमा खत्री र दासले सडक विस्तारविरुद्ध अन्तरिम आदेशसहितको परमादेश लगायत उपयुक्त आदेश माग गर्दै मुद्दा दर्ता गराएका थिए ।

उक्त रिटमाथि बिहीवार सुनुवाइ गर्दै उच्च अदालत दीपायलले रिट खारेज गर्ने आदेश गरेको हो । उच्च अदालतमा भएको बहसमा धनगढी उपमहानगरपालिकाको तर्फबाट अधिवक्ता वीरबहादुर जेठाराले बहस गरेका थिए ।

रिट खारेज भएसँगै धनगढीको ६ लेन सडकस्थित रोडहाउस क्याफेदेखि चक्रपथ पक्की कुवासम्मको करिब १३ सय मिटर लामो १४ मिटर चौडा सडक निर्माणको कामको अवरोध हटेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माण गर्न यसअघि नै टेण्डर गरिसकेको छ भने उपमहानगरपालिकाले सडक क्षेत्राधिकार खाली गर्न लाग्दा रिट दायर गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 91 times, 5 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीकाे लम्कीचुहाकाे मेयरमा कांग्रेसका दुई जनालाई टिकट दिएपछि विवाद