बढ्दो छ गैरजिम्मेवारी !

सरकारी काममा गैरजिम्मेवारी निकै बढेर गएको छ । हरेक सरकारी निकाय अहिले ढिलासुस्ती र मोजमस्तीको अवस्थामा छन् । सरकारको तानातान र हानाहान छ । यो रमिता हेर्दा सायद कर्मचारीलाई पनि फुर्सद छैन । यसको ज्वलन्त उदाहरण हो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा भलपानीको ओइरो † विमानस्लथको टर्मिनल भवनमा भलपानी पसेपछि मात्र कर्मचारी आत्तिएका थिए । तर, कहाँ के भएको छ र के हुँदै छ भन्ने ’boutमा कसैलाई पनि फुर्सद छैन । व्यवस्थापन निदाएको छ ।

विकास निर्माण कार्यमा गरिएको लापरबाही र निर्मित स्थान, भवन वा सडकको संरक्षण तथा संवद्र्धनका लागि चासो राख्ने मानिस पनि छैनन् । आन्तरिक टर्मिनल गहिरो परेको स्थानमा छ । त्यहाँ ढल थुनिँदा र बढी वर्षा भई पानी ओभरफ्लो हुँदा समस्या परिरहन्छ । एकक्षण पनि नसुुस्ताउने मुलुकको मुख्य रक्तप्रवाहका रूपमा रहेको यस टर्मिनलले यस्ता समस्या बारम्बार बेहोर्दै आएको छ । तर, सम्बन्धित सबै बर्खायाम टरिसकेपछि छेपारोलाई घाम लागेझैं सबै कुरा बिर्सिइहाल्छन् ।

भएजति दोष भल र ढल जे कुरालाई दिए पनि त्यहाँको व्यवस्थापन राम्रो छैन । कर्मचारीहरू सेटिङ मिलाउन र कमिसन बाँड्न व्यस्त हुन्छन् । टर्मिनलमा बनेका कुराको रेखदेख छैन । जे भए पनि स्वाभाविक र सामान्य मानिँदै आएको छ । मानौं, यी सबै कुरा नेपालीजनले भोगेजानेकै कुरा हो । गैरजिम्मेवारी त त्यतिबेला मात्र मानिन्छ, जब एक्सिडेन्ट हुन्छ र धेरैको ज्यान जान्छ । यो गैरमानवीय स्वभाव हाम्रो पहिचान पनि हो । यो संवेदनहीनताको पराकाष्टा पनि हो ।

उल्टै कुनै काम बिग्रियो भने उल्टासिधा गरेर जवाफ दिइन्छ । ‘सरी’सम्म भन्न हिचकिचाउँछ सरकारी नेतृत्व । टर्मिनलमा भल पस्दा आधा घण्टासम्म त्यहाँ अवरोध खडा भयो । विमानस्थलमा आधा घण्टाको अवरोध ठूलो हडतालबराबर हो । तर, त्यहाँका जिम्मेवार मानिस मात्र १० मिनेटको अवरोध भनेर फिस्स हाँस्छन् । यो भनेको गैरजिम्मेवारीको पराकाष्ठा हो । यसले यहाँ कार्यरत यात्रु र कर्मचारीलाई मात्र असर पार्दैन, बरू सिंगो मुलुकको उडान र प्रतिष्ठालाई समेत ठूलो असर पु¥याउँछ ।

यस्ता गैरजिम्मेवारीपूर्ण हर्कत धेरै ठाउँमा र पटकपटक देखिने र दोहोरिने गरिरहेका छन् । यदि, यो लापरबाही रहिरहने हो भने एक दिन सिंगो विमानस्थल पनि जलाशयमा परिणत हुन बेर छैन । जिम्मेवारी कसले लिने ? यस्ता संवेदनशील कुरा मजाकका विषय नबनून् ।
(सौगात सिंह, हाल बानेश्वर, काठमाडौं)

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कास्कीमा गठबन्धन टुट्यो