टोफेल परीक्षा अस्ट्रेलियाका लागि मान्य

काठमाडौं । टोफेल आईबीटीको अंक अब सबै अस्ट्रेलियाली भिसाका लागि मान्य हुने भएको छ । विश्वव्यापी रूपमा टोफेल परीक्षा सञ्चालन गर्ने ईटीएसका अनुसार ५ मे २०२४ देखि अस्ट्रेलियामा अध्ययन गर्न, काम गर्न वा बसाइँ सर्न चाहने व्यक्तिहरूले टोफेल परीक्षाको अंक प्राप्त गरेर भिसा आवेदन दिन सक्नेछन् ।

उनीहरूले टोफेल आईबीटी परीक्षामार्फत आफ्नो अंग्रेजी दक्षता प्रमाणित गर्न सक्नेछन् । टोफेल आईबीटी अंग्रेजी भाषामा शैक्षिक दक्षता प्रमाणित गर्ने सबैभन्दा रुचाइएको परीक्षण प्रणाली हो र यसलाई अस्ट्रेलियाका १०० प्रतिशत विश्वविद्यालय र विश्वभरका १ सय ६० देशमा १२ हजार ५ सय बढी संस्थाद्वारा स्वीकार गरिएको छ । टोफेल आईबीटी परीक्षालाई मान्यता दिन गत वर्ष टोफेल आईबीटीमा गरिएका परिवर्तनपछि, अस्ट्रेलियाको गृह मामिला विभाग (डीएचए)ले समीक्षा गरेको थियो ।

डीएचएको सम्पूर्ण समीक्षामा सफल भएपछि टोफे ल आईबीटी भिसा आवेदकको अंग्रेजी भाषामा दक्षता परीक्षणको भरपर्दो माध्ययमका रूपमा स्थापित भएको हो । ५ मे २०२४ देखि टोफेल आईबीटी परीक्षा दिएका आवेदकले आफ्नो अस्ट्रेलियाको भिसा आवेदनको अंगका रूपमा आफ्नो स्कोर बुझाउन सक्छन् ।

यस विकास’bout बोल्दै ईटीएस भारत र दक्षिण एसियाका कन्ट्री म्यानेजर सचिन जैनले भने, ‘ईटीएसमा हामी विश्वस्तरीय मूल्यांकनमार्फत विश्वव्यापी उच्च शिक्षा र गतिशीलतालाई सहज बनाउन प्रतिबद्ध छौं ।’ अस्ट्रेलिया नेपाली विद्यार्थी तथा पेसाकर्मीहरूले रुचाएको स्थान हो । सन् २०२३ मा ५३ हजार बढी नेपाली विद्यार्थी तथा पेसाकर्मी अस्ट्रेलियाका विश्वविद्यालय तथा पेसामा आबद्ध भएका थिए ।

सचिन जैन

अस्ट्रेलियाले विश्वस्तरको उच्च शिक्षा र अध्ययनपछि काम गर्ने अवसर प्रदान गर्छ, क्यूएस विश्व विश्वविद्यालय ¥यांकिङमा उल्लेख गरिएका १ सय विश्वविद्यालयमध्ये नौ विश्वविद्यालय अस्ट्रेलियाका छन् । नले थपे, ‘टोफेल आईबीटी परीक्षणको मान्यतासँगै ईटीएसले अस्ट्रेलियामा शैक्षिक अवसर खोज्ने विद्यार्थी तथा दक्ष कामदारलाई विश्वमा सबैभन्दा व्यापक रूपमा स्वीकृत अंग्रेजी परीक्षण प्रणाली टोफेल आईबीटीमार्फत सहयोग गर्नेछ ।’

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)का अध्यक्ष शेषराज भट्टराईले भने, ‘अस्ट्रेलियाको भिसा आवेदनका लागि टोफे ल आईबीटी स्वीकृत हुनु सुखद समाचार हो, मलाई लाग्छ यो स्वीकृतिले नेपाली विद्यार्थीको अस्ट्रेलियामा अध्ययन गर्ने पहुँच मात्र बढाउँदैन, अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने अस्ट्रेलियाको प्रतिबद्धतालाई पनि आत्मसात् गर्छ ।

चीन र भारतपछि अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने तेस्रो ठूलो देश नेपाल हो । टोफेल आईबीटीको विश्वव्यापी मान्यता र विश्वसनीयताले विश्वभरका विद्यार्थी र पेसाकर्मीहरूका लागि अंग्रेजी परीक्षणको भरपर्दो उपायका रूपमा यसको महत्वलाई अझ बलियो बनाउँछ ।’ इन्टरनेसनल एजुकेसन रिप्रेजेन्टेटिभ्स इनिसिएटिभ अफ नेपाल (आइरिन)का अध्यक्ष हेमन्त भट्टराईले भने, ‘भिसा उद्देश्यका लागि अस्ट्रेलियाले टोफेल आईबीटीलाई मान्यता दिनु नेपाली विद्यार्थी र विदेशमा पेसा विकासका अवसर खोज्नेहरूका लागि महत्वपूर्ण विकास हो ।

विश्वव्यापी रूपमा प्रख्यात संस्थान र विश्वविद्यालय रहेको अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि उच्च शिक्षा र अध्ययनपछि काम गर्ने अवसर प्रदान गर्छ । नेपालीहरू अस्ट्रेलियामा सबैभन्दा छिटो बढिरहेको अन्तर्राष्ट्रिय समुदायमध्ये एक हो ।

यो विकासले नेपाली विद्यार्थी र दक्ष कामदारका लागि विश्वमा सबैभन्दा बढी स्वीकृति प्राप्त अंग्रेजी परीक्षा टोफेल आईबीटी दिएर अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्ने ढोका खोल्छ ।’ टोफेल परीक्षा अब छोटो, छिटो र अधिक कुशल छ । परीक्षा लिनेहरूले सुन्ने र पढ्ने खण्डका लागि तत्काल अनौपचारिक स्कोर प्राप्त गर्छन् ।

यसले उनीहरूलाई अर्को चरणको तुरुन्तै योजना बनाउन मद्दत गर्छ । साथै, टोफे लले कुनै अतिरिक्त खर्चबिना नै असीमित स्कोर रिपोर्टिङ गर्न अनुमति दिन्छ । यस्तै, ईटीएस एक विश्वव्यापी शिक्षा र प्रतिभा पहिचान गर्ने संस्था हो, जसले जीवनभर अध्ययनलाई महत्व दिनेहरूलाई भविष्यका लागि तयार हुन सक्षम बनाउँछ ।

उसले निष्पक्ष र वैध सीप मूल्यांकनका लागि बेन्चमार्क निर्माण गर्ने मापन विज्ञानलाई अगाडि बढाइरहेको छ । सीप प्रवद्र्धन, उत्कृष्टतातर्फ अग्रसर गतिशीलता सशक्तीकरण र सबैका लागि, सबै ठाउँमा थप अवसरहरूको ढोका उघारेर मानव प्रगतिलाई शक्ति दिन आफू प्रतिबद्ध रहेको उसले जनाएको छ । यसले २ सय देशमा सेवा दिइरहेको छ र तीमध्ये २५ स्थानमा कार्यालय छन् ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता उल्लंघन गरे उम्मेदवारी नै रद्द : आयोग