एकै थलोमा नौ विधालयका चित्र र मूर्तिकला

काठमाडौं । काठमाडौँ महानगरपालिका शिक्षा विभागको संयोजन तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा चित्र तथा मूर्तिकलाको प्रदर्शनी सुरु भएको छ ।

काठमाडौंका नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिसरमा शुक्रबारबाट चित्र तथा मूर्तिकला प्रदर्शनी सुरु भएको छ । काठमाडौं महानगरअन्तर्गतका ९ विद्यालयका १९ समूहमा सञ्चालन गरिएको शिक्षामा सिप कार्यक्रमअन्तर्गतको ‘स्केचिङ एन्ड स्कप्चर’ मोड्युलको तालिम÷कार्यक्रममा विद्यार्थीबाट सिर्जित कलाकृति यो प्रदर्शनीमा राखिएको छ ।

३० बैशाख आईतबारसम्म जारी रहने यो प्रदर्शनीमा विश्व निकेतन मा. वि, रत्नराज्य मा.वि., ज्ञानोदय मा.वि., तरुण मा.वि, गीतामाता मा.वि., कन्या मन्दिर मा.वि., शहिद शुक्र मा.वि., पद्मकन्या विद्याश्रम मा.वि र कोटेश्वर सरस्वती मा.वि.का विद्यार्थीले सिर्जना गरेका कलाकृति राखिएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनी उद्घाटन गर्दै नयाँपुस्तालाई कलामार्फत जोड्ने कामले समाजमा सकारात्मक परिणाम दिने बताए । कुलपति हार्तम्छालीले शैक्षिक क्षेत्रमा सिर्जनशील कुरा जोडेर लाने प्रयासअनुरूप यो कार्यक्रम गरिएको हो भने,‘शिक्षा र सिप, कला र सिर्जनाबिच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । यसलाई अझै प्रभावकारी ढंगले लैजानुपर्ने दायित्य छ ।’ उनले राष्ट्र निर्माणमा कलाको भूमिका विशिष्ट रहने भएकाले यसमा महानगर र यसको नेतृत्वले लिएको सोचलाई व्यापक बनाउनुपर्ने बताए ।

काठमाडौं महानगरपालिका शिक्षा विभागका उपनिर्देशक सरस्वती पोखरेलले यो प्रयोगात्मक सिपमुलक कार्यक्रमको नतिजा निकै राम्रो भएको बताईन्,‘कार्यक्रम एकदमै राम्रो लाग्यो । यसमा प्रत्यक्ष अप्रत्यक्ष जोडिने सबैलाई धन्यवाद ।’

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले महानगरले लिएको योजनाले राम्रो परिणाम दिन सफल भएको छ भने । त्यसमा पनि कलालाई छनौट गर्नु आफुहरुको लागि अफ प्रसँसनीय कार्य भएको पनि उनले बताए ।

महानगरपालिकाले विद्यार्थीको सिर्जनशील पक्षलाई सिपसँग जोडेर कलाको विषयलाई सुरु गरेको र त्यसले सकारात्मक परिणाम दिएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले कार्यक्रममा बताए । काठमाडौं महानगरका ९ विद्यालयका १९ समूहमा सञ्चालन भएको यो कार्यक्रममार्फत विद्यार्थीले तयार गरेका १२ सयभन्दा बढी कलाकृति प्रदर्शनीमा राखिएको पनि थुम्केलीले जानकारी गराए ।

कार्यक्रम संयोजक तथा प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले प्रदर्शनीमा विद्यार्थीबाट सिर्जित चित्रकला तथा मूर्तिकला राखिएको बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरको ३ पालिका र ४८ वडाको नतिजा सार्वजनिक (सूचीसहित)