‘महाजात्रा’को ५१ औँ दिन

काठमाडौं । चलचित्र ‘महाजात्रा’ले सफल प्रदर्शनको ५१ औँ दिन पुरा गरेको छ । यो चलचित्रले शनिबार काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज, सिनेडी सेफ र मोफसलको नेपालगञ्ज स्थित सिने रोयलमा सफल प्रदर्शनको ५१ औँ दिन पुरा गरेको छ । शुक्रबारबाट यो चलचित्र यी हलहरुमा आठौं हप्तामा प्रदर्शन भईरहेको छ ।

यो चलचित्र गत ९ चैतबाट नेपाल सहित विश्वका विभिन्न देशमा एकसाथ प्रदर्शनमा आएको थियो । यो चलचित्रले अष्ट्रेलिया लगायतको देशमा सबैभन्दा बढी व्यापारको रेकर्ड राखेको छ । षट्कोण आर्ट्सद्वारा निर्मित यो चलचित्रको ५१ औं दिनको अवसर आयोजित विशेष समारोहमा सहभागी हुँदै कलाकार हरिबँश आचार्यले आफुहरुका लागि यो सुखद खबर हो भने । नेपाली चलचित्रलाई यसरी दर्शकहरूबाट प्राप्त मायाका लागि उनले आभार व्यक्त गरे ।

कार्यक्रममा हरिबँशले भने,‘यो शृङ्खलाका अघिल्ला फिल्म झैँ यसपटक पनि काठमाडौँ उपत्यकाका १२ र मोफसलमा १ गरी तेह्र हलमा ५१ औँ दिनको यात्रा पार गरेको छ । दर्शकले नै फिल्म राम्रो छ भनेपछि प्राप्त प्रतिक्रियाले यो सफलता पाएकोमा दर्शकलाई जती धन्यवाद दिएपनि कम हुन्छ’,

यसै अबसरमा शनिबार केक कटेर यो चलचित्रको ५१ दिने खुसी कलाकारहरुले आसपमा साटे । समारोहमा कलाकार हरिबँश आचार्यसँगै रवीन्द्र झा, शिशिर वाङ्ग्देल, दिव्य देव, अरविन खड्का एसोसियट निर्देशक जेवी रुवाली, प्रोडक्सन म्यानेजर रुपकप्रताप अधिकारीलगायतले खुसी साटेका हुन् ।

फिल्मका मुख्य कलाकार विपिन कार्की र वर्षा राउत एक फिल्मको छायांकनको लागि अमेरिका रहेको र निर्देशक प्रदीप भट्टराई, कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ र निर्माता म्याक्स दीपेश खत्री भारतमा रहेकाले उनीहरु कार्यक्रममा सहभागी हुन् सकेनन् ।

निर्माता खत्रीले नेपालमा यो चलचित्रले हालसम्म १६ करोड ८ लाख रुपैयाँको व्यापार गरेको जानकारी दिएका छन्,‘हामीलाई यो सफलताले अझैँ दायित्व बोध भएको छ । आगामी दिनमा दर्शकको भरोषालाई बढाउने र विश्वास टुट्न नदिने गरी काम गर्ने छौँ ।’

यसका साथै निर्माण टिमले घोषणा गरेको ‘महाजात्राको महाजोडी’ फोटो प्रतियोगिताको विजेता प्रविनजंग थापा र प्रकाश के बुढाले एक–एक थान मोबाइल प्राप्त गरेका छन् ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा निवासमा प्रचण्डलाई यो हदसम्मको बेवास्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरमा उम्मेद्वार टुङ्ग्याउनै सकस