कोरोना रोकथाममा कन्ट्याक्ट ट्रेसिङ

नेपालमा कोरोना संक्रमण बाहिरबाट आउनेहरूका कारण देखाप-यो । खोजीको क्रममा थाहा भयो कि दोस्रो, पाँचौं र छैठांै संक्रमित ४ चैत्रमा कतार एयरवेज क्यूआरबाट काठमाडौं आएका थिए । उनीहरूसँगै उक्त हवाइजहाजमा कुल ६ सय ५२ सवार रहेका र तीमध्ये १ सय ५८ जना नेपाली रहेको बुझिएको थियो । त्यसैगरी, ६ चैत्रमा एअर अरेबियाको विमान जी९५३७ बाट नेपाल आएका तेस्रा संक्रमितसँगै उक्त विमानमा १ सय ७० यात्रु सवार थिए । नेपालमा स्वाब जाँचको क्रममा भेटिएका चौथो संक्रमित भिस्तारा एयरलाइन्समार्फत ७ चैत्रमा दुबईबाट भारतको दिल्ली हुँदै काठमाडांै आएका थिए । त्यस उडानमा १ सय ३० यात्रु थिए । यी सबैलाई ख्याल गर्दा जम्मा ४ सय ५८ यात्रुको विवरण पाइए पनि ती सबै अद्यावधिक हुन सकेका छैनन् । त्यसो त नेपाल सरकारले २७ फागुनदेखि कोरोना प्रभावित देशबाट आउने यात्रुलाई अनिवार्य स्वमूल्यांकन फर्म भर्न र होम क्वारेन्टाइनमा बस्न निर्देशन दिएको थियो ।

विदेशबाट आएका धनगढीका एक व्यक्तिबाट उनकै नातेदार स्थानीय महिला संक्रमित भएपछि नेपालमै कोभिड–१९ संक्रमणको पुष्टि भयो । यो पुष्टि भएको २२ चैत्रदेखि नेपालमा दोस्रो चरणको संक्रमणमा प्रवेश गरेको छ । पहिलो चरणको संक्रमण पुष्टि भएको ७३ दिनपछि स्थानीयमा संक्रमण भएर कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको मानिएको हो । हाल लकडाउनको अवधिमा धेरैभन्दा धेरै सम्भावित संक्रमित खोज्ने, शंकास्पद व्यक्तिको नमुना संकलन तथा परीक्षण गर्ने र त्यसको नतिजा नआउन्जेल क्वारेन्टाइनमा राख्ने क्रमलाई तीव्रता दिनुपर्ने तथा क्वारेन्टाइन र आइसोलेसनमा रहेकालाई सम्मानपूर्वक मानवीय व्यवहार गरिने तथा परिवार, समाज र देशमा रोग फैलनबाट रोक्न भनिएको छ ।

सेना, प्रहरी, गृह, स्वास्थ्यका आआफ्नै वेबसाइट र एप सञ्चालनमा छन् । यसमा नागरिकमाथि निगरानी र तथ्यांक दुरुपयोगको सम्भावना आउन दिनुहुँदैन

कन्ट्याक्ट ट्रेसिङ ः प्रमाणित संक्रमितसँग भौतिक सम्पर्कमा आएका व्यक्ति खोज्ने प्रक्रियालाई कन्ट्याक्ट ट्रेसिङ भनिन्छ । यसमा जासुसका रूपमा काम गरी संक्रमितको आवतजावत कहाँ गयो, कुन यातायात प्रयोग ग¥यो, कसको सम्पर्कमा पुग्यो भन्ने पत्ता लगाइन्छ । कन्ट्याक्ट ट्रेसिङमा विभिन्न विधि प्रयोग गर्न सकिन्छ । सबैभन्दा पहिलो विधि संक्रमितसँग अन्तर्वार्ता नै हो । बिरामीको सत्यताले परिवार, छिमेका, समाज र देशलाई बचाउन योगदान पु¥याउन सघाउँछ । ऊसँग सम्पर्कमा आएकाको फोन नम्बर, प्लेन चढेका भए त्यसको विस्तृत विवरण, बस चढेको भए कहाँ, कतिबेला, कुन तथा कहाँ रोकेको, स्थानीय बस वा टेक्सी सबैको विस्तृत नोट गरी त्यहीअनुसार खोजी गरिन्छ । तथापि, सबै याद नहुनसक्ने भएकाले रिकल बायस हुन सक्छ ।

अन्तर्वार्ताका अतिरिक्त अन्य चार विधि बिमा र मेडिकल रेकर्ड मूल्यांकन, फोनको डिटेल तथा जीपीएसबाट पुगेका स्थान र समय, डेबिट वा क्रेडिट कार्ड प्रयोगको इतिहास र सीसीटिभी क्यामेरामार्फत कन्ट्याक्ट ट्रेसिङ गर्न सकिन्छ, जुन दक्षिण कोरियामा गरिएको थियो । धेरै कन्ट्याक्ट ट्रेसिङ गरेर साथै हरेक दिन १५ हजार परीक्षण पनि गरेर नियन्त्रणमा लिन सफल भएको थियो । नेपालमा पनि मिल्दाजुल्दा लक्षण भएकालाई स्थानीय तह र स्वास्थ्य संस्थाबाट खोजी गर्न र लक्षण नभएका संक्रमित पत्ता लगाउन ¥यान्डम स्याम्पलिङ गर्नुपर्छ । नेपालमा १ देखि २० चैत्रबीचमा टेलिकम, एनसेललगायतका ६ लाख सिम गएको छ, जसबाट पनि कन्ट्याक्ट ट्रेसिङ गर्न सकिन्छ । उक्त समयमा विमानस्थलमा सिम एक्टिभेट भएका १५ सय मात्र रहेको तथा सीमानाकामा भएको एक्टिभेसन बीटीएसबाट ट्रेसिङ गर्न सकिने भएकाले कानुनी जटिलता फुकाएर प्रयोग गर्ने प्रक्रिया अघि बढिसकेको छ ।

एप राख्नका लागि गृह मन्त्रालयसँग आवश्यक सर्वर भएकाले नेपालका सफ्टवेयर कम्पनीले नै त्यस्तो एप बनाउन सक्छन्

डिजिटल ट्रेसिङ ः नेपाल सरकारले कोभिड १९ संक्रमणको रोकथाम तथा विदेशबाट आएकाको पहिचानका लागि ट्रेसिङ एप निर्माण गर्ने घोषणा गरेको छ । देशवासीका नाममा सम्बोधन गर्दे प्रधानन्त्री केपी शर्मा ओलीले २५ चैत्रमा केही दिनमै यस्तो एप सञ्चालनमा ल्याउने बताएका थिए । गृह मन्त्रालयअन्तर्गतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत सञ्चालनमा आउने पोर्टलको उद्देश्य विदेशबाट नेपाल आएका र कोरोना संक्रमितको तथ्यांक एकीकृत गर्नु हो । क्वारेन्टाइन, शंकास्पद, संक्रमित घरबाहिर निस्किए सम्बन्धित निकायबाट एलर्ट गर्ने संयन्त्र पनि यसमा छ । यद्यपि, यो धेरै ढिला भइसकेको छ ।

संक्रमित, सम्भावित संक्रमित, उनीहरूको सम्पर्कमा आएका वा उनीहरुलाई चिन्नेले यस्तो एपमा भर्ने तथ्यांकको आधारमा एप्सको प्रभावकारिता निर्धारण हुने गर्दछ । त्यसैमा निगरानी गर्न सरकारी संयन्त्रबीच पटक्कै समन्वय छैन । सेना, प्रहरी, गृह, स्वास्थ्यका आआफ्नै छुट्टाछुट्टै वेबसाइट, एप सञ्चालनमा छन् । नागरिकमाथि निगरानी र उनीहरूको तथ्यांक दुरुपयोगको सम्भावना पनि छ । नेपाली कांग्रेसले पनि एप सुरु गरेको छ । प्रयोगकर्तासँग फोन नम्बर मागेकाले चुनावी प्रयोजनका लागि दुरुपयोग हुन सक्ने बताइन्छ । सरकारले एकीकृत तथ्यांक प्रणाली बनाउनुका साथै तथ्यांक केका लागि प्रयोग गर्ने, प्रयोगपश्चात् कसरी नष्ट गर्ने र प्रयोगको प्रोटोकल’bout जनतालाई निश्चित बनाउनुपर्छ । सिंगापुरमा निर्मित एप ब्लुटुथमा आधारित छ भने बेल्जियमले फोनमा लोकेसन इनेबल गरेको छ ।

सूचना प्रविधि प्रयोग गरेर सम्भावित संक्रमित खोजी गर्नेलाई डिजिटल ट्रेसिङ भनिन्छ । चीनपछि दक्षिण कोरिया आक्रान्त बन्ने सम्भावना रहँदा पनि उक्त देशले रोकथाम गर्न सकेकोमा सर्वत्र चर्चा छ । कोरिया पूर्ण रूपमा लकडाउनमा कहिल्यै गएन । आखिर अमेरिका, स्पेन, जर्मनी, इटालीलाई हम्मेहम्मे पारिरहेका बेला केले काम ग¥यो त्यहाँ ? बढी संक्रमित दुई सहरलाई लकडाउन गरी मोबाइल एप्समार्फत सम्भावित संक्रमितलाई परीक्षणका लागि नियन्त्रणमा लिइहाल्ने कदम चाल्यो । जसलाई कोरोना नियन्त्रण गर्न सिंगापुर, हङकङ, ताइवान र जापानले पछ्याए । लकडाउनको समयावधि लम्बिइरहँदा खासगरी निम्नवर्ग र दैनिक ज्यालादारीलाई असर पारेकाले अबको उपयुक्त विकल्प कैलाली, कञ्चनपुर र बाग्लुङमा लकडाउन कडा रूपमा लागू गर्नुपर्छ । बाँकीको हकमा एपमार्फत डिजिटल ट्रेसिङ गर्नुपर्छ । विमानस्थल तथा नाकामा आएका यात्रुको डिजिटल ट्रेसिङ राखेको भए हाल कन्ट्याकट ट्रेसिङ कति सहज हुन्थ्यो होला ?

नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार नेपालको टेलिघनत्व १४५ प्रतिशत र इन्टरनेटको संजालमा ७२ प्रतिशत जोडिएका छन् । अधिकांश सानाठूला सहरमा प्रयोग गर्ने मोबाइलबाट ट्रेसिङ गर्न सकिन्छ । जसका लागि सरोकारवाला निकायले एउटा मोबाइल एप बनाउने र सम्पूर्ण जनतालाई उक्त एप मोबाइलमा हाल्न लगाउने गर्नुपर्छ । त्यस्तो एप डाउनलोड र सञ्चालन गर्न लाग्ने खर्च निःशुल्क उपलब्ध गराउन दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिनुपर्छ । उक्त एपमा कोरोनासम्बन्धी सबै जानकारी उपलब्ध गराउन सकिने हुन्छ । सबै नाकामा व्यक्तिको नमुना लिँदै उनीहरूको मोबाइलमा एप्स हाल्न लगाउने । त्यसपछि ती मानिस कहाँकहाँ पुगे, ती सबै जानकारी आफंै अपलोड हुनेछ । परीक्षणपछि यदि कोहीकसैमा संक्रमण पुष्टि भए तुरुन्तै फोन गरी क्वारेन्टाइनमा बस्न लगाउने र सम्बन्धित नजिकको स्वास्थ्य केन्द्रबाट अस्पतालमा सार्ने गरिन्छ ।

यता अर्काे एकाइले ती व्यक्ति कुनकुन ठाउँमा पुगेका थिए, रेकर्ड हेरी सम्पर्कमा आएकालाई क्वारेन्टाइन बस्न आग्रह गर्ने र तिनीहरूको पनि नमुना लिई परीक्षण गर्नुपर्छ । यदि कोरोना नभए मोबाइल सन्देशमार्फत जानकारी गराउने गरिन्छ । सबै व्यक्ति उक्त एपमा आइसकेपछि सबैको स्थान थाहा हुन्छ । यदि कोही संक्रमित भएको थाहा भए ती व्यक्तिको नजिक पुग्न लागेकालाई त्यस’bout सचेत गराउने गरिन्छ । यस्तो खोजी वा ट्रेसिङलाई प्राविधिक भाषामा डिजिटल ट्रेसिङ भनिन्छ ।

अन्तमा, एप राख्नका लागि गृह मन्त्रालयसँग आवश्यक सर्वर भएकाले नेपालका सफ्टवेयर कम्पनीले नै एप्स बनाउन सक्छन् । कम खर्चमा नै गर्न सकिने यो विधि निकै प्रभावकारी छ । संक्रमण बढ्दै गइरहेका क्षेत्रलाई मात्र बन्दाबन्दी गर्न र बाँकी क्षेत्रमा व्यापक जाँच, संक्रमितलाई उपचार र संक्रमितसँग सम्पर्कमा आएकाहरूको ट्रेसिङ गर्ने र सोसम्बन्धी रिपोर्ट मोबाइलमा उपलब्ध गराउन सकिन्छ । संक्रमितको पुष्टिपूर्व नै सबै मानिसको ट्रेसिङ भइसकेको हुन्छ । यदि कोही संक्रमित भएको थाहा भएमा उसलाई फोन गरी जानकारी गराउँदै तत्काल अस्पताल लगिन्छ । संक्रमितको परिचय नखुलाई उसको लोकेसन सबैलाई मोबाइलमा दिइन्छ र अरू पनि सचेत हुन्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडाैंमा यसरी हुँदैछ मतदान स्थल तयारी (फाेटाेफिचर)