राष्ट्रिय संगीतकर्मी संघमा नयाँ कार्यसमिति

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा गायक प्रकाश कटवाल निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न संघको १८ औं वार्षिक साधारणसभा तथा छैठौं केन्द्रिय महाधिवेशनबाट शनिबार राती कटवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी संघका यस अघिको कार्यवाहक अध्यक्ष हुन् । सो अधिवेशनबाट कटवालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । नयाँ कार्यसमितिमा उपमहासचिब, सचिव, सहसचिब र महिला सदस्यमा मतदान भयो भने बाँकी सबै पदाधिकारी निर्विरोध चयन भएका हुन् ।

मुलुकभर २० हजार भन्दाबढी कलाकार सदस्य रहेको सो संघको केन्द्रिय वरिष्ठ उपाध्यक्षमा उमा श्रेष्ठ चयन भएकी छिन् । यस्तै प्रथम उपाध्यक्षमा अमृत खाती, उपाध्यक्षमा रमेश दुलाल (कागे), कुमार कार्की, जीवन परियार र तीर्थबहादुर श्रेष्ठ (मिलन) निर्विरोध चयन भएका हुन् ।

यसरी यस संघको महासचिवमा विनोद ढकाल र उपमहासचिवमा मान बहादुर तामाङ, रबिन्द्र रिमाल निर्वाचित भएका छन् । यसैगरी सचिबमा दिनेश डाँगी, शोभा थापा, आशा लामा, रुपक परियार निर्वाचित भएका छन ।

सो अधिवेशनबाट राष्ट्रिय संगीतकर्मी संघको केन्द्रिय सहसचिवमा स्मृति गौतम, प्रवक्तामा सविन चौहान, कोषाध्यक्षमा गोविन्द गौतम र सह कोषाध्यक्षमा टीका सानु चयन भएका छन् ।

यो अधिवशेनबाट यसैगरी संघको केन्द्रीय सदस्यहरुमा महिलातर्फ सुमि श्रेष्ठ, निरुता खत्री, प्रतीमा अर्याल र सुजता केसी निर्वाचित भएका छन् । यस्तै खुला केन्द्रिय सदस्यमा नवराज भट्टराई, कुल बहादुर वली, दिनेश भण्डारी, नक्कुल प्रसाद गौतम, प्रदिप रोक्का,अशोक सापकोटा, रुपेश पुडासैनी, ऐन बहादुर दौड्याल, दिलु बिसी, ढक बहादुर खत्री, उमेश शिवाकोटी, दिल बहादुर भण्डारी (दिनेश), यज्ञ कुमारी रुचाल, शंकर ढकाल निर्वाचित भएका छन् ।

शुक्रबारबाट सुरु भएको अधिवेशनको उद्घाटन अग्रज संगीतकार शम्भुजीत बासकोटाले गरेका थिए । निर्वाचनको परिणाम आईतबार बिहान आएपछि नव निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितीले आइतबार बिहान पद तथा गोपनियताको सपथग्रहण गरयो ।

संघको नव निर्वाचित अध्यक्ष प्रकाश कटवालले संस्थाको २० हजार भन्दाबढी कलाकारको हकहितमै आफु केन्द्रित रहने बताए । ७५ जिल्लामा साख रहेको संघले ७७ जिल्ला र विभिन्न देशमा पु¥याउने उनले बताए । यस्तै संघको आफ्नो भवन निर्माण गर्ने, कलाकार कल्याणकारी कोष स्थापना गर्ने र संगीत विकाश बोर्ड स्थापनमा आफ्नो उदेश्य रहेको उनले बताए ।

शुक्रबार संघको उद्घाटन समारोहमा पत्रकार रामजी बगाले, राष्ट्रिय लोकदोहोरी व्यबसायी संघका अध्यक्ष बिनोद श्रेष्ठ, ग्रीनसिटिअस्पतालका अध्यक्ष एलबि टन्डन, सञ्चारकर्मी अनिल अधिकारी, राजु भट्टसहित विभिन्न व्यक्तिलाई सम्मानित गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाकाे कनका सुन्दरी र हिमाकाे नतिजा काँग्रेसकाे पाेल्टामा