विपन्न बालबालिकाको लागि ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ स्थापना, जम्मा भयो १३ लाख ९९ हजार

धनगढी । विपन्न बालबालिकाहरुको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले धनगढी उपमहानगरपालिकाले ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ स्थापना गरेको छ । कोषमा हालसम्म झण्डै १४ लाख जम्मा भएको छ ।

आर्थिक अभावका कारण विद्यालय पोसाक, शैक्षिक सामग्री लगायतका सामान जोहो गर्न समस्या भएका विपन्न परिवारका बालबालिकाहरुको पठनपाठनमा सघाउन नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको हो ।

उपमहानगरपालिकाका अनुसार कोषमा हालसम्म विभिन्न संघसंस्थाबाट १३ लाख ९९ हजार रुपैयाँ जम्मा भइसकेको छ । उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय छनौट गरेर नमुना विद्यालय बनाउने अभियान अघि बढाएको छ ।

त्यस्ता विद्यालयमा अध्ययन गर्ने बालबालिकाले आर्थिक अभावका कारण बीचैमा पढाई छोड्न नपरोस् भनेर नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको उपमहानगरपालिकाको भनाई छ ।

धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमालले विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार्न हरसम्भव प्रयास गरिने बताए ।

नगरप्रमुख हमालले उपमहानगरले मात्र शिक्षामा लगाउन नसक्ने भएकोले विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार्न आफूले सक्ने जति नगरप्रमुख शैक्षिक सुधार कोषमा सहयोग गर्न आग्रह गरेका छन् ।

नगरप्रमुख शैक्षिक सुधार कोषमा हालसम्म काठमाडौंको एलआरआई स्कुलका संस्थापक शिवराज पन्तले पाँच लाख र हिमालयन बैंक, धनगढी शाखाले एक लाख ९९ हजार ५००, माछापुच्छ्रे बैंक, धनगढी शाखाले चार लाख ९७ हजार, प्रभु बैंक, धनगढी शाखाले ५२ हजार ५०० र महालक्ष्मी विकास बैंक धनगढी शाखाले एक लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा निवासमा प्रचण्डलाई यो हदसम्मको बेवास्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९