शर्मिला बनिन् छैटौं ब्युटिसियन ट्यालेन्ट नेपाल

काठमाडौं । झापाकी ब्युटिसियन शर्मिला बुढाथोकीले रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्धारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि जितेकी छिन् । शनिबार अबेरसाँझ नाचघरमा ताज सहित २५ हजार रुपैयाँ र विभिन्न उपहार प्राप्त गरिन् । उनी नेलअर्ट प्रतिस्पधामा पनि उत्कृष्ट भईन् ।

अग्रज सौन्दर्यकर्मी सोनी कारँजितको सभापतित्वमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरी, राष्ट्रिय सभाकी सांसद रुक्मणी कोईराला, लयन्स एल ३२५ डिस्ट्रकका नव गभर्नर सुमन भट्टले उद्घाटन गरेको सो कार्यक्रममा १५ हजार रुपैयाँ सहित फस्ट रनरअप र मोस्ट ट्यालेन्ट अवार्ड निशा थापाले प्राप्त गरिन्

यस्तै १० हजार रुपैयाँ सहित सेकेन्ड रनरअप र बेस्ट हेयर स्टाइल अवार्ड अम्बिका तुलाधर अधिकारीले, थर्ड रनरअप र बेस्ट हेयर केमिकल टेक्निशियन अवार्ड रजनी राईले प्राप्त गरे । अन्य विधाको प्रतिस्पर्धामा विमली तामाङले भिवर्य च्वाइस, बेष्ट ड्रेस र इन्नोसेन्ट व्युटिसियन अवार्ड, एलिशा फुयालले पब्लिक च्वाइस र फोटोजेनिक अवार्ड, सञ्जु तामाङले मोस्ट बब्लीसहित मल्टिमिडिया अवार्ड हाँसिल गरिन् ।

यस्तै बेस्ट एण्ड हेल्दी हेयर उषा कापड, बेस्ट स्किन हिसिला महर्जन, बेष्ट स्माइल अस्मिता अधिकारी, अर्गनाईजर च्वाईस र मस्ट ब्यूटीफुल सनम खड्गी, मस्ट कन्फिडेन्ट सबिना महर्जन, मस्ट इन्टेलिजेन्ट अवार्ड सृजना श्रेष्ठ, बेष्ट फिटनेस अवार्ड लक्ष्मी पोखरेल, बेष्ट पर्सनालिटी अवार्ड मञ्जु खत्री, बेष्ट मेहेन्दी आर्ट अवार्ड सम्झना सुवेदी थापा, बेष्ट केराटिन टेक्निसियन अवार्ड अम्बिका खत्रीले हाँसिल गरे । कार्यक्रममा मस्ट पँचुअल सबिना शाही, इन्नोसेन्ट व्युटिसियन अनिता कालीकोटेले, मस्ट डिसिप्लेन जेस्मी श्रेष्ठ, मस्ट फ्रेन्डली मैना श्रेष्ठ, बेस्ट क्याटवाक आरती राई, बेष्ट मेकअप अवार्ड ऋतु राना (रिता)ले, म्यानेजमेन्ट च्वाईस अवार्ड रीता भट्टराईले जिते ।

कार्यक्रममा सौन्दर्यकर्र्मीहरु ललिता जोशी, राजेश्वरी शिल्पकार, सिता श्रेष्ठ, पुनम थापा, स्मृति सुब्बा, इन्दिरा सुवेदी पुरी र सौन्दर्यकर्मी कुशुम भण्डारीलाई सम्मानित गरियो । यस्तै हिमालयन ब्रअरीका जनरल म्यानेजर श्यामबहादुर श्रेष्ठ, अभिनेता प्रवण भुसाल, गायक ओम सुनार, फेशन डिजाईनरहरु दिलमायाँ मगर, सुजन देउवा, कुमार श्रेष्ठ, दिलमाया मगर, गायक आर्जन पाण्डे, मोडल रुविना अधिकारी, डान्स कोरियोग्राफर रबिता मगर पनि सम्मानित भए ।

अन्तिम प्रतिस्पर्धाको निर्णायकहरुमा अभिनेता तेज गिरी, एच्यु हेयर ओयलकी प्रबन्ध निर्देशक बिमला मानन्धर, डा. सरोज लामिछाने, इभेन्ट निर्देशक धिरज तण्डुकार, व्युटिसियन पुजा श्रेष्ठ, फेशन डिजाईनर गोमा अधिकारी धिताल र शिक्षासेवी कुमुद भट्ट थिए । दिनेश डिसीले सञ्चालन गरेको यो प्रतियोगिताको निर्देशकमा कस्मोटेलोजिष्ट परिषी कारँजित, व्यबस्थापक प्रमुखमा गायिका सरिता भारती र कोरियोग्राफरमा जयन सुब्बा मानन्धर थिए ।

अग्रज सञ्चारकर्मी दिनेश डिसीले सञ्चालन गरेको कार्यक्रममा गायक नमराज ढुँगाना, आर्जन पाण्डे, देबेन्द्र बराल, मुना ठटाल, नारायण थापा, गायिका सुजाता केसीले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरे । यस्तै अभिनेत्री प्रतीक्षा काफ्ले र व्युटिसियन श्वेता श्रेष्ठ मगरले नृत्य प्रस्तुत गरे ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 6 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयर बन्न २३ जनाको मनोनयन