बालिका बलात्कार दोषीलाई जन्मकैद फैसला

दैलेख । भारतको रुपैडिया जिल्ला चितलहवाका २९ बर्षिया रञ्जीतकुमारलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा हिजो मंगलबार दैलेख जिल्ला अदालतका जिल्ला न्यायधिश बलराम लम्सालको इजालसले सो फैसला सुनाएको अदालतका सुचना अधिकारी हरिप्रसाद उपाध्यायले जानकारी दिए ।

बालिकाको स्वास्थ्य परिक्षण प्रमाणका आधारमा कसुर पुष्टि भएकोले कसूरदारलाई जन्मकैद सँगै सातलाख रुपियाँ जरिवाना, ५०हजार रुपियाँ पीडित पक्षलाई क्षतिपूर्ति, पीडित राहतकोषमा २८ सय रुपियाँजम्मागर्नुपर्ने सजायभएको सूचनाअधिकारी उपाध्यायले जानकारी दिए ।

पिडित बालिकाको स्वास्थ्य परिक्षण पुस ३० गते दैलेख अस्पतालमा भएको थियो भने दोषी ठहरिएका चितलहवाले बालिकालाई ०७९ पुस २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले दिएको उजुरीदिएकाथिए । उजुरी दिएको भोलीपल्टआरोपितलाई पक्राउ गरेको थियो ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले माघ २४ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणीसम्वन्धी अभियोग दर्ता गराएको र थुनछेक बहसपछि माघ २६ गते जिल्ला न्यायाधीश बलराम लम्सालको आदेश अनुसार कारागार थुनामा पठाइएको थियो ।

पीडित पक्षले पीडक पक्षको अनुरोधमा बालिकालाई काख लिएको तर बलात्कार घटना नभएको भनी प्रहरीमा दिएको उजुरीको विपरित अदालतमा होस्टाइल भए पनि यौनांगमाभित्री भागमा धसारिएको देखिएको बिस्तृत स्वास्थ्य परीक्षणको आधारमा सो सजाय भएको अदालतको भनाई छ ।

पीडितको तर्फबाट जिल्ला सरकारी वकील कार्यालय दैलेखका जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महत र कसूरदारको प्रतिरक्षामा अधिवक्ताद्वय ललितबहादुर थापा तथा सर्वराज जोशीले बहस पैरबी गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 104 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा मेयरको निर्णय : फोहोर व्यवस्थान आजैदेखी