माछा मार्ने क्रममा करेन्ट शेर्पाको घटनास्थलमै मृत्यु

बिराटनगर । संखुवासभामा माछा मार्ने क्रममा करेन्ट एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । संखुवासभाको चिचिला गाउँपालिका वडा नम्वर-२ स्थित कागुवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा सोहि स्थान बस्ने बर्ष २५ को छेम्बी शेर्पाको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृत्युको खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय संखुवसभाबाट प्रहरी निरीक्षक राम कुमार लामिछाने सहितको अनुसन्धान टोली खटिगई प्रारम्भिक अनुसन्धान सम्पन्न गरेको छ।

घटना स्थलबाट प्रहरीले ब्याट्री, ईन्भटर तथा बिद्युतीय तार समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटना स्थल अनुसन्धान पश्चात उक्त शव जिल्ला अस्पताल खाँदबारी संखुवासभा पठाईएको तथा पोष्टमोर्टम पश्चात मृतकको आफन्तलाई सदगतको लागी शव बुझाईएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन सर्ने हल्लाले आयोग रुष्ट