साइकल दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजनामा शनिबार तेस्रो पोखरा राष्ट्रिय साइकल दौड प्रतियोगिता हुने भएको छ । पोखरा १७ वडा कार्यालय र कास्की जिल्ला साइक्लिङ संघ सहआयोजना तथा व्यवस्थापनमा साइक्लिङ माध्यमबाट खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता हुन लागेको शुक्रबार पत्रकार सम्मेलनमा समिति अध्यक्ष दीपकबहादुर गोदारले बताए । उनका अनुसार महिला, पुरूष र रन फर फन गरी ३ विधामा प्रतियोगिता हुनेछ ।

सहआयोजक कास्की जिल्ला साइक्लिङ संघ अध्यक्ष शंकर भण्डारीले पुरूषतर्फ २८ किमी र महिलातर्फ २० किमीमा खेलाडीबीच प्रतिस्पर्धा हुने बताए ।

पोखरा–१७ पावरहाउसबाट सुरु हुने दौड महतगौंडा–दोबिल्ला झोलुंगे पुल हुँदै पोखरा–२१ फेदीपाटन–खस्र्याङ–निर्मलपोखरी–फेदीपाटन–दम्सादी हुँदै पावरहाउस आएर टुंगिने छ । प्रतियोगितामा १ सय जना खेलाडी सहभागी हुने आयोजकको अनुमान छ ।

प्रथम, द्वितीय र तृतीय हुने महिला–पुरूष खेलाडीले क्रमशः ५०, ३० र २० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाउने खेलकुद विकास समिति सदस्यसचिव सुवास खड्काले बताए । चौंथो र पाँचौले १० र ५ हजार प्राप्त गर्नेछन् ।

महानगरपालिकाभित्रका खेलाडी जसले दूरी सुरूमा पार गर्छ उसले पोखरा च्याम्पियनको उपाधि प्राप्त गर्नेछ । उपाधिसहित खेलाडीलाई १० हजार दिइने सदस्य सचिव खड्काले बताए ।

पोखरा–१७ का वडाध्यक्ष राधिका शाही योगीले पर्यटकीय राजधानी पोखरा भन्ने नारालाई सफल पार्न यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका हुने बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचन: चार गुणा बढी उम्मेदवारी