नाबालिका करणी गरेको अभियोगमा एक जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा नाबालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका-५ भकुण्डाकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६१ वर्षीय रामज्ञान चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

चौधरीले ती बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई शुक्रवार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैसीले बताए । घटना ’bout प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कोशी सरकारविरूद्धको रिटको आज सुनुवाइ हुँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुमा मेयरमा काका भतिज प्रतिस्पर्धामा