सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ । शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक दलबीच सहमति नभएपछि बैठक नै नबसी अधिवेशन अन्त्य भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार राति १२ बजेदेखि हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रतिपक्षी दलको नाराबाजी र बहिस्कारबीच विश्वासको मत लिएका थिए । ६ वैशाखमा नियुक्त भएका मुख्यमन्त्री सोडारीले पेस गरेको विश्वासको मत प्रस्तावमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीका सातमध्ये दुई र एक जना स्वतन्त्र सांसदसहित २८ जनाले पक्षमा मत दिएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टीका सातमध्ये पाँच जना र राप्रपाले सदन सुरु भएलगत्तै नाराबाजी गर्दै रोस्टम घेराउ गरेका थिए । नाराबाजीबीच सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्रस्ताव पेस गर्न अनुमति दिएका थिए । त्यसलगत्तै नाराबाजी गर्दै प्रतिपक्षी दलका सांसदहरू सदनबाट बाहिरिएका थिए ।

शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको भए पनि दलबीच सहमति नबन्ने भएपछि बैठक नै नबसी अधिवेशन अन्त्य गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कोशी सरकारविरूद्धको रिटको आज सुनुवाइ हुँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर मेयरमा रेनु दाहाल २३३८ मतले अगाडि