२४ विधामा डि सिने अवार्ड, मणिलाई रंग पत्रकारिता पुरस्कार

काठमाडौं । विभिन्न २४ विधामा अवार्ड प्रदान गर्दै शुक्रबार बेलुका काठमाडौंमा १५औं डि सिने अवार्ड सम्पन्न भएको छ । गत वर्ष २०७७÷७८ को अवार्ड प्रदान गरिएका कारण बल्ल अहिले २०७९ सालको अवार्ड आयोजना गरिएको आयोजक शान्तिप्रियले कार्यक्रममा बताए ।

समारोहमा छायाछवि रङ पत्रकारिता पुरस्कार मकवानपुरका पत्रकार मणिराज गौतमलाई प्रदान गरियो । रङ पत्रकारितामा दुई दशकभन्दा लामो समयदेखि योगदान दिएको भन्दै गौतमलाई १५ हजार ५ सय ५५ रुपैयाँसहित सो पुरस्कार प्रदान गरियो । समारोहमा चलचित्रकर्मी रजत सम्मान अभिनेता जितु नेपाल र पाश्र्व गायिका माण्डवी त्रिपाठीलाई, कलाकार सम्मान शिवहरि नेपाल वैरागीलाई प्रदान गरियो ।

समारोहमा २०७९ सालका चलचित्रलाई विभिन्न विधामा अवार्ड प्रदान गरियो । समारोहमा अभिनेतातर्फ चलचित्र प्रकाशबाट प्रदीप खड्का र अभिनेत्रीतर्फ चलचित्र झिंगेदाउबाट आँचल शर्मा अवार्ड पाउन सफल भए । समारोहमा झिंगेदाउले उत्कृष्ट चलचित्र, दिनेश राउतले चलचित्र प्रकाशबाट उत्कृष्ट निर्देशक र लाखेबाट सम्राट बस्नेतले जुरी अवार्ड र द्वन्द्व निर्देशकको अवार्ड पाए । यस्तै पपुलर चलचित्रको अवार्ड छक्का पञ्जा ४ ले, राष्ट्रिय भावको चलचित्रको अवार्ड रिमेश अधिकारीको नालापानीले, नव निर्देशकको अवार्ड चलचित्र डेसानबाट कमल एक्चै मगरले हासिल गरे ।

अन्य अवार्ड पाउनेमा सहअभिनेतातर्फ लाखेबाट रोहित रुम्बा, सहअभिनेत्रीतर्फ डेसानबाट नम्रता सापकोटाले, खलपात्रतर्फ लाखेबाटै प्रशान्त ताम्राकारले, चरित्र अभिनेतातर्फ प्रकाशबाट प्रकाश घिमिरे, चरित्र अभिनेत्रीतर्फ झिंगेदाउबाट हिउँवाला गौतम थिए ।

उत्कृष्ट संगीतकारको अवार्ड हिजोआजका कुराको जदौ मायाबाट दीपक शर्माले, गायकको अवार्ड छक्का पञ्जा ४ को दर्शन सलामबाट डेविड शंकरले र गायिकाको अवार्डबाटै दर्शनबाटै सहिमा श्रेष्ठले, गीतकारको अवार्ड झिंगेदाउबाट मुक्त उदासले पाए । दर्शन सलामबाटै कविराज गहतराजले नृत्य निर्देशकको अवार्ड, झिंगेदाउबाट शास्वत श्रेष्ठले पाश्र्व संगीतकारको अवार्ड हासिल गरे ।

यस्तै, सर्वोत्कृष्ट कथाकारको अवार्ड चलचित्र प्रकाशबाट विकास सुवेदीले, पटकथा एवं संवादको अवार्ड झिंगेदाउबाट प्रदीप भारद्वाजले, छायाकारको अवार्ड छक्का पञ्जा ४ बाट नरेन्द्र मैनालीले, चलचित्र सम्पादकको अवार्ड प्रकाशबाट जीवन थापाले हासिल गरे ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा कांग्रेसले गठबन्धनको निर्णय नमान्ने