लण्डन टु पेरिसको चाहान्छु यो माया…

काठमाडौं । घनश्याम लामिछाने निर्देशित चलचित्र लण्डन टु पेरिस यही २५ जेष्ठमा रिलिज हुने भएको छ । यसैबीच यो चलचित्र नयाँ गीत चाहान्छु यो माया…को भिडियो शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

चलचित्रको गीतको भिडियोमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा र निश्चल खड्काले अभिनय गरेका छन् । उनीहरुको त्रिकोणात्मक प्रेमलाई भिडियोमा देखाईएको छ ।

राम अविरल बिष्टले लेखेको यो गीतमा एसडी योगीको संगीत छ । गीतलाई योगी र नभिता पौडेलले गाएका छन् । रिकेश गुरुङको संगीत संयोजन यसमा छ ।

यात्रा कथामा निर्मित यो चलचित्रमा कथा, पटकथा र संवाद प्रदीप भारद्धाजको, सम्पादन साहिल खानको, डिओपी बलिउड छायाँका अभेद परवको रहेको छ । लन्डन टु पेरिसमा साम्राज्ञी, निश्चल, गरिमासँगै कविर खड्का, रुष्मा थापा, मनिष श्रेष्ठ, मनिष गान्धीको मुख्य भूमिका रहेको छ ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको यो चलचित्रको निर्मातामा अमित बस्नेत, आरोन बस्नेत, एरियाना बस्नेत, परी राना, कार्यकारी निर्मातामा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी, सह निर्मातामा सनिश खकुरेल र अजित केआर थापा छन् । रोहित कट्टेल र रत्न श्रेष्ठले यो चलचित्र नेपालमा वितरण गर्दैछन् ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनको निर्णय : एकीकृत समाजवादी माओवादीकाे बराबर हैषियत !