गोरुसिङ्गेका होटेलमा प्रशासनको छड्के, ३ होटेललाई जरिवाना

कपिलवस्तु । पुर्व पच्छिम राजमार्ग क्षेत्रका होटेलमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले छड्के अनुगमन गरिएको छ । बस यात्रुलाई लक्षित गरी सञ्चालन गरिएका बुद्धभूमि नगरपालिकाका होटेलमा सरसफाइ, खाना खाजाको गुणस्तर, मूल्य सूचि उपभोग्य बस्तुको म्याद लगायतको अनुगमन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, खाद्य तथा गुण नियन्त्रक कार्यालय कपिलवस्तु, घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तु र प्रहरी सहितको संयुक्त टोलीले अनुगमन गरेको हो।

अनुगमनका क्रममा बासी सडे गलेका खाना फेला परेका, सरसफाइमा ध्यान नदिएका, खाना नढाकी फ्रिजमा राखिएको फेला परेका होटेललाई पहिलो पटक ५ हजारका दरले जरिमाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताए । अनुगमनका क्रममा कैफियत देखिएका बस यात्रुलाई खाना खुवाउने ३ होटेललाई जरिमाना गरिएको घिमिरेले बताए ।

अनुगमनका क्रममा सामान्य त्रुटि भएका होटेललाई सुझाव दिएर त्रुटि सच्चाउन आग्रह गरिएको खाद्य तथा गुण नियन्त्रक कार्यालय कपिलवस्तुका प्रमुख शङ्कर दाहालले बताए । राजमार्ग क्षेत्रमा सञ्चालनमा रहेका होटेलमा उपभोक्ताको धेरै गुनासो आउने भएकोले छड्के अनुगमन गरिएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 301 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हेटौंडाको मेयर बन्न ४ महिला सहित १७ जनाको उम्मेदवारी