प्रकृति संरक्षण अवार्डबाट धनगढी सम्मानित

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका नगदसहित प्रकृति संरक्षण अवार्डबाट सम्मानित भएको छ । वातावरण संरक्षणमा उल्लेख्य योगदान पुर्‍याएबापत सो अवार्डबाट सम्मानित भएको हो ।

उपमहानगरलाई विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालले वातावरण संरक्षणमा उल्लेख्य भूमिका निर्वाह गरेबापत एक लाख नगदसहित प्रकृति संरक्षण अवार्ड प्रदान गरेको जनाएको छ ।

डब्लूडब्लूएफ नेपालको ३१ औं स्थापना दिवसको अवसरमा आज आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाललाई नगदसहित सो अवार्ड
हस्तान्तरण गरेको छ ।

धनगढीले वातावरण संरक्षणअन्तरगत प्लास्टिक बिक्रीवितरणमा रोक, वृक्षारोपण, पानी पुनरभरण, सर्प तथा जीवजन्तूको सकुशल उद्धार गरि सम्बन्धितको वास स्थानमा छोड्नेलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सस्तोमा पानी खुवाउनेलाई भोट