लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको अध्यक्षमा थापा

काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्षमा दीपक थापा निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न एसोसियसनको १२औं साधारण सभापछिको निर्वाचनबाट थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

सो निर्वाचनको आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामबाट सदीक्षा ओभरर्सिजका सञ्चालक दीपक थापा एसोसिएसनको अध्यक्षमा सबैभन्दा धेरै १ सय ५४ मत ल्याएर विजयी भएका हुन् । अध्यक्षमा निर्वाचित थापाका निकटतम प्रतिद्वन्द्वी चिरञ्जीवी बस्यालले ८२ मत ल्याएका थिए भने तारानाथ अर्यालले ६९ मत ल्याएका थिए । वैदेशिक रोजगार व्यवसायीको नेपाली कांग्रेसको शुभेच्छुक संस्था एसोसिएसनको सो निर्वाचनमा अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा भएको थियो ।

एसोसिएसनको प्रथम उपाध्यक्षमा विनोदजंग केसी निर्वाचित भएका छन् । केसीले कुल १ सय ३६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी भवानीप्रसाद निरौलाले ९२ मत ल्याएका थिए भने जंगबहादुर इजमले ७५ मत ल्याएका थिए ।

यसैगरी, एसोसिएसनको द्वितीय उपाध्यक्षमा रामप्रसाद गैरे निर्वाचित भएका छन् । गैरे १ सय ५९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी हर्कबहादुर लिम्बूले १ सय ३५ मत प्राप्त गरेका थिए । त्यस्तै, तृतीय उपाध्यक्षमा सेमन्तराज न्यौपाने निर्वाचित भएका छन् । न्यौपाने १ सय ८८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी शैलेश कार्कीले १ सय ६ मत प्राप्त गरेका थिए ।

महासचिवमा महेशकुमार बस्नेत निर्वाचित भएका छन् । बस्नेत १ सय ६५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कुँवेरसिंह कोइराला (पंकज)ले ७४ मत ल्याएका थिए भने अर्का प्रतिस्पर्धी मोहनकुमार ढुंगेलले ६६ मत प्राप्त गरेका थिए ।

सचिवमा तुलसीराम पुरी निर्वाचित भएका छन् । पुरी १ सय ७२ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी विश्वास तिमिल्सिनाले १ सय १६ मत प्राप्त गरेका थिए । सहसचिवमा राजकाजी भोलान (राज लामा) निर्वाचित भएका छन् । भोलान १ सय ६३ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी निलम केसीले १ सय ३० मत प्राप्त गरेकी थिइन् ।

कोषध्यक्षमा हिमा गुरुङ निर्वाचित भएकी छन् । गुरुङ १ सय ८३ मत ल्याएर विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी गोमा (अञ्जु) गिरी क्षेत्रीले १ सय ४ मत प्राप्त गरिन् । सहकोषाध्यक्षमा लिलबहादुर तामाङ निर्वाचित भएका छन् । तामाङ १ सय ६१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी यमबहादुर क्षेत्री केसीले १ सय २९ मत ल्याएका थिए ।

एसोसिएसनको सदस्यमा देवीप्रसाद गिरी (२२६), शालिकराम अधिकारी (२०७), दीपककुमार राय (२१०), सौरभ आचार्य (१९२), विद्यालक्ष्मी बज्राचार्य (२४०), अभिनयमान सिंह बस्नेत (१९५), राजेश्वर यादव (१९९), सविताकुमारी सिंह (२५३), रोशना निरौला (१९५) र महेशकुमार श्रेष्ठ (२११) मत ल्याएर निर्वाचित भएका छन् ।

सो साधारण सभाको उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइराला, एसोसियसनका पूर्वअध्यक्ष, नेपाली कांग्रेसका नेताहरू, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीलगायतले आआफ्ना धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महानगरमा भागबण्डा, उपमहानगरमा अड्को