स्थानीय तहमा खाद्य समन्वय समिति गठन गर्न माग

दैलेख । खाद्य अधिकार संञ्जाल दैलेख, फियान नेपालले स्थानीय तहमा खाद्य समन्वय समिति गठन गर्न माग गरेका छन् । खाद्य अधिकारकर्मिले खाद्य अधिकार खाद्य सुरक्षा, तथा सम्प्रभूता ऐन,२०७५जारी भएको व्यवस्था भए बमोजिम संघमा राष्ट्रिय खाद्य परिषद, प्रदेशमा प्रदेश परिषद, स्थानीय तहमा स्थानिय खाद्य समुह समन्वय समिती गठन गर्न माग गर्दै नारायण नगरपालिकालाई कार्यबिधीको खाका बुझाएका हुन् ।

कार्यबिधीमा खाद्य अधिकार तथा खाद्य सम्प्रभूता सम्बन्धि सघिंय ऐन,२०७५ले ब्यवस्था गरे बमोजिम जारी गरेको र सोही बमोजिम उक्त हकलाई प्रदेश स्तरमा कार्यान्वयन गर्नका लागि ‘खाद्य अधिकार तथा सम्प्रभूता सम्बन्धी ऐन, २०७७’ जारी गरेको छ । उक्त ऐन निर्माण गर्ने क्रममा नागरिक समाज र अन्य सरोकारवाला संघ संस्थाहरुले प्रदेश सरकारसँगको सहकार्यमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको बताइएको छ ।

साथै खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन २०७५ को कार्यान्वयन गर्नमा स्थानीय सरकारलाई घच्घच्याउने कार्यमा खाद्य अधिकार सञ्जाल, फियान नेपालको भूमिका अत्यन्तै महत्वपूर्ण रहने फियान नेपालका प्रकाश नेगीले जानकारी दिए ।

यस्तै स्थानिय खाद्य समुह समन्वय समिती गठनका लागि आफुले आवश्यक पहल गर्ने नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले प्रतिबद्धता व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मोबाइल चार्ज गर्दा करेन्ट लागेर युवतीको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
माझी महिला बनिन् वडाअध्यक्ष