मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानी पु¥याइ भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नापी कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्दसहित ८ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरी घिमिरेका अनुसार मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नायब सुब्बा अग्निबहादुर शाही तथा टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्द र सर्भेक्षक दशरथ मण्डल, आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्रा रावल, कमलबहादुर रावल, सुशीलबहादुर रावल र बिमलबहादुर रावलविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) तथा दफा २२ को प्रतिबन्धात्मक व्यवस्थाबमोजिम उनीहरूविरुद्ध २४ करोड ६ लाख ६९ हजार बिगो मागदाबी गरेको छ । उनीहरूले कैलालीको साबिक नारायणपुर–८ अन्तर्गतको कित्ता नं. ९०८ को क्षेत्रफल १५–०–० ज.बि. (बिगाह) जग्गा फिल्डबुकमा जंगल भनी कायम भएकामा कित्ताकाट गरी मालपोत कार्यालय टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरिदिएको अख्तियारको दाबी छ ।

गैरकानुनी तवरबाट जंगलको नाममा रहेको सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेष (विन्द्रा रावल, कमलबहादुर रावल, सुशीलबहादुर रावल, बिमलबहादुर रावल)को संयुक्त नाममा स्रेस्ता पूर्जा कायम गरी हकहस्तान्तरण गरेको र पछि सो जग्गाको दर्ता स्रेस्तासम्बन्धी सम्पूर्ण कागजातहरू कार्यालयको अभिलेखबाट समेत नष्ट गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

‘आव २०८०–२०८१ को मालपोत कार्यालय टीकापुरको न्यूनतम मूल्यांकन पुस्तिकामा उल्लिखित २४ करोड ६ लाख ६९ हजार रुपैयाँ सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पु¥याएको हुँदा निजहरू मोहन स्नेही रसाईली र अग्निबहादुर शाहीले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) तथा ऐ.ऐ. ऐनको दफा १२ बमोजिम कसुर गरेको देखिएकाले निजहरूलाई बिगो २४ करोड ६ लाख ६९ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद तथा बिगो बमोजिमको जरिमाना गरी सो बिगो असुल उपर हुन साथै ऐ.ऐ. ऐनको दफा १२ बमोजिम कैद र जरिमानासमेत हुन मागदाबी लिइएको छ,’ अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

नापी कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत चन्द र सर्भेक्षक मण्डलले सो जग्गा व्यक्तिका नाममा कायम गर्ने उद्देश्यले कार्यालयको अभिलेखलाई अनदेखा गरी सो जग्गा हकभोगको हो भन्ने व्यहोराको प्रतिवेदन पेस गरी सोही प्रतिवेदनका आधारमा कित्ताकाट आदेश दिएको अख्तियारको आरोपपत्रमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाँकेको ६ पालिकाको नतिजा सार्वजनिक, ५ वटामा काँग्रेस १ पालिकामा माओवादी केन्द्र