कर्मचारीलाई हतोत्साहित नबनाऊ !

लक्ष्मीविलास कोइरालाको ‘म किन सीडीओ भइनँ’ भन्ने अतिमार्मिक लेख पढ्न पाइयो राजधानी दैनिकको आइत’bout अंकमा । आफ्नो जीवन कथा निकै सरस र सटीक ढंगले प्रस्तुत गरेका रहेछन्, लेखकले । जागरूक र चेतनशील पारिवारिक परिवेशले पनि उनको जीनमा नैतिकता र संस्कृतिको पाठ सिकाएको छ । हामी सबैका लागि यो उदाहरण पनि हो । मानिस जन्मन्छ, कर्म गर्छ र मर्छ पनि ।

उनले आफू ठेकेदारी काममा लाग्न लाग्दा गरेको कामको सुपरिवेक्षण तात्कालीन सीडीओले यसरी गरेको वर्णन गर्छन्, ‘सबै निर्माण कार्यहरू आधाआधी भएको थियो, म साइटमै थिएँ, एक दिन रौतहट जिल्ला प्रशासन कार्यालयबाट निरीक्षणमा तीन–चारवटा गाडीमा प्रमुख जिल्ला अधिकारी (सीडीओे, पुलिस इन्सपेक्टरसहित १०–१५ जना प्रहरी बद्रयाकबुद्रुक झरे, सीडीओे र पुलिस देख्नासाथ गण्डक सिँचाइका सुपरभाइजर, मिस्त्री लेवर सबै डराए ।’

उनी थप्छन्, ‘म सीडीओेको अगाडि उभिएँ, सबै काम दुई नम्बरी भइरहेछ भनेर उजुरी परेको छ ? सार्वजनिक काममा लापरबाही गर्न पाइन्छ, सीडीओे गर्जिए ।’ उनको स्वाभिमान त्यहाँ झल्कन्छ । उनी जवाफ यसरी दिन्छन्, ‘काम यही हो, हेर्न सकिन्छ सर !

सीडीओको प्रतिक्रिया पनि कम थिएन, ‘विकासको काम अनि जनताको काम जथाभावी गर्ने तपाईलाई थुनिदिऊँ ।’ थुनिदिने कुरा गरेपछि मिस्त्री लेवर सबै कामै गर्न छोडेर हेर्न थालिसकेको यथार्थता उनी सरल तरिकाले पोख्छन् । तर, उनीभित्रको आत्मविश्वास भने डगमगाएन । उनले लगाएको गारो सीडीओको आदेशमा प्रहरीले घनले ठटाए । तर, पक्का र सही काममा कुनै खोट निस्केन ।

उनलाई आफूले गरेको काम र सीडीओको जाँच दुवै मन परेको रहेछ । उनी सीडीओ हुने चाहना राख्ने देशभक्त कर्मचारी पनि रहेछन् । तर, उनकै भाषामा ‘गणतन्त्र र संघीय शासन प्रणालीमा स्वार्थी राजनीतिक दल र नेताहरूले सीडीओेको जिम्मेवारीमाथि ख्यालठट्टा’ गर्न थालेपछि उनले सीडीओ हुने माया पनि मारेका रहेछन् ।

भावुकताका साथ उनी सही कुरा गर्छन्, ‘सीडीओे देशको शान्ति सुरक्षा कायम गर्ने, राष्ट्रिय एकता सुदृढ गर्ने र छिमेकी मुलुकसँग सम्बन्ध सुधार गर्ने स्थापित प्रशासनिक संयन्त्र हो, तर मर्यादाक्रमलाई निचोरेर सीडीओेलाई तल तल झार्न थाले, यसप्रकार कर्मचारीतन्त्रमा भएको राजनीतिको प्रभाव र सीडीओे पदमाथिको संघीय राजनीतिज्ञहरूको अज्ञानी इष्र्यात्मक व्यवहार मलाई कत्ति पनि मन परेन ।’ उनले यसपछि सीडीओ हुने जाँगर नै गरेनन् ।

हो, सरकारले कर्मचारीलाई सहयोग नगरेको दोष थोपरिरहन्छ । तर, कर्मचारीलाई सरुवा, घटुवा, काज आदिका नाममा निकै दुःख दिइरहन्छ सरकार ! नेपाल सरकारले कर्मचारीको गरिमा बुझेर व्यवहार गरोस् । अवकाशपछि पनि ढुक्क भएर खुलेर बोल्ने अदम्य साहसका साथ कर्मचारीले कर्तव्य पूरा गरून् । नेतागण, यसो भए मुलुक नबन्ला र ?
सुवोध सरगम, ललितपुर, जावलाखेल

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कास्कीका ४ गाउँपालिकामा एमाले–कांग्रेसले बाँडे पद