लागु औषधसहित २ जना पक्राउ

सिन्धुली । प्रहरीले सोमबार कमलामाई नगरपालिका वडा नं. ४ ढुंग्रेबासबाट लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीलाई प्राप्त सूचनाका आधारमा खोजतलास गर्दा खैरो हिरोईन, गाँजा लगाएतका लागु औषध सहित दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पक्राउ पर्नेमा तीनपाटन गाउँपालिका ९ का विनोद परियार र गोलञ्जोर गाउँपालिका ६ का रविन मैनाली रहेका छन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपी अनिल कुमार खड्काका अनुसार प्रहरीले उनीहरुको डेराबाट लागु औषध खैरो हिरोईन २८ वटा सानो सानो प्याकेट ४ दशमलब ८९० ग्राम, गाँजा १५ दशमलब र एसपीएएसएमओ १ ट्याब्लेट बरामद गरेको जानकारी दिएका छन । घटनाको अनुसन्धान भईरहेको खड्काले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
झापाकाे गाैरीगञ्जमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित