एमाले सिन्धुलीले ९वटै पालिकाको अधिवेशन गर्दै

सिन्धुली । नेकपा एमाले सिन्धुली पालिका कमिटीहरुको अधिवेशनमा जुटेको छ । पालिका स्तरीय बैठकहरु सम्पन्न गरि सबै पालिकाको अधिवेशन तोकेको र सोमबादेखि नै पालिका अधिवेशनहरु सुरु गरिएको नेकपा एमाले सिन्धुलीले जनाएको छ ।

नेकपा एमालेको आठौ जिल्ला अधिवेशन चैत २८, २९ र ३० गते सिन्धुलीमाढीमा सम्पन्न भएसँगै पार्टीले पार्टीका सांगठनिक काममा तिव्रता दिएको छ । सोहि अनुरुप जिल्लाका नौ वटै पालिका अधिवेशन गर्न थालिएको नेकपा एमाले सिन्धुलीले जनाएको छ ।

सोमबार विहान सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै नेकपा एमाले सिन्धुलीले सोमबारबाटै अधिवेशनहरु सुरु भएको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले सबै पालिकामा अधिवेशनको तयारी तिव्र रुपमा भएको र मरिण गाउँपालिका स्तरीय अधिवेशन सोमबार नै सुरु भएको बताए ।

आगामी तीन वर्षका लागि नेतृत्व चयन गर्दै सम्पन्न हुने पालिका अधिवेशनले पार्टी सञ्चालनका लागि आन्तरिक नीति निर्माण गर्ने, कार्ययोजना बनाउने र संगठनलाई मजबुद बनाउने तर्फ क्रियाशिल रहने श्रेष्ठले विश्वास व्यक्त गरेका छन ।

श्रेष्ठले मरिण गाउँपालिकामा सोमबार अधिवेशन हुने, गोलञ्जोर गाउँपालिकामा जेठ ८ र ९ गते, तीनपाटन गाउँपालिकामा जेठ ११ र १२ गते,े हरिहरपुरगढी गाउँपालिकामा जेठ ११ गते, सुनकोशी गाउँपालिकामा जेठ १२ गते अधिवेशन तोकिएको बताए । यस्तै जेठ १३ गते फिक्कल गाउँपालिकामा, जेठ १४ र १५ गते दुधौली नगरपालिकामा, जेठ १५ र १६ गते कमलामाई नगरपालिकामा र जेठ १९ गते घ्याङलेख गाउँपालिकामा अधिवेशन हुने पत्रकार सम्मेलनमार्फत श्रेष्ठले जानकारी दिएका छन ।

कमलामाई नगरपालिकामा २६० जना, गोलञ्जोर गाउँपालिकामा २०२ जना, दुधौली नगरपालिकामा २७० जना, हरिहरपुरगढी गाउँपालिकामा १५३ जना, मरिण गाउँपालिकामा १५८, घ्याङलेख गाउँपालिकामा २५० जना, फिक्कल गाउँपालिकामा १६५ जना, सुनकोशी गाउँपालिकामा १५६ र तीनपाटन गाउँपालिकामा २७१ जना प्रतिनिधिले अधिवेशनमा सहभागिता जनाउने नेकपा एमालेले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

अधिवेशनले आन्तरिक लोकतन्त्रलाई मजबुद बनाउँदै नयाँ नेतृत्व चयन गर्ने श्रेष्ठको दावी छ । यो सँगै एमालेले सदस्यता नविकरण, नयाँ सदस्यताका लागि अभियान समेत वडा स्तरसम्म निरन्तर चलाएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा समाजवादीले कटायो ३ हजार अन्तर