बिदूरलाई रजतसम्मान, सुरज र अषेशलाई पुरस्कार

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारलाई सम्मान एवम् पुरस्कार प्रदान गर्दै २७ औं चलचित्र पत्रकारिता दिवस तथा संघको रजत वर्ष मनाएको छ । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठको प्रमुख आतिथ्यामा बिशेष कार्यक्रम आयोजना गर्दै संघले चलचित्र पत्रकारिता दिवस मनाएको हो ।

अढाई दशक भन्दा लामो समयदेखि चलचित्र पत्रकारितामा योगदान दिएको भन्दै यो वर्षको चलचित्र पत्रकारिता रजत सम्मान २०८१ बाट पत्रकार विदूर गिरीलाई सम्मानित गरिएको छ । उनलाई ५५ हजार ५५५ रुपैयाँसहित सो सम्मान प्रदान गरिएको हो ।

यस्तै यो वर्षको राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट दुईजना पत्रकारलाई पुरस्कृत गरियो । चलचित्र पत्रकार सुरज खड्का र अर्का चलचित्र पत्रकार अशेष अधिकारीलाई जनही ५१ हजार रुपैयाँ राशी सहितको राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरियो ।

सोही समारोहमा राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट दुई पत्रकार सम्मानित भए । यो सम्मान पत्रकार कृष्ण भट्टराई र अर्का पत्रकार राज श्रेष्ठलाई प्रदान गरिएको हो ।

यो वर्षको राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार दाङका शिब पुनलाई प्रदान गरियो । उनलाई २५ हजार रुप्ैयाँ सहित यो पुरस्कार प्रदान गरिएको हो । यस्तै २५ हजार रुयैयाँ राशीकै यो वर्षको चलचित्र पत्रकारिता पुरस्कार मदन रिजाललाई प्रदान गरियो ।

७ जेठमा स्थापना भएको चलचित्र पत्रकार संघले यो दिनलाई चलचित्र पत्रकारिता दिवसको रुपमा मनाउँदै आएको छ । संघको स्थापना भएको २५ औं वार्षिक उत्सबको अबसर पारेर सोमबार समारोहमा केही सञ्चारकर्मीलाई रजतवर्ष सम्मान पनि गरियो । समारोहमा पत्रकारहरु मणिराज गौतम, जयन सुब्बा मनन्धर, शिल्पा अधिकारी, रविन्द्र खड्का, अमृत पुडासैनी, रञ्जन खनाल, दीपक बिष्ट र डिबी खड्कालाई रजतबर्ष सम्मान प्रदान गरिएको हो ।

कार्यक्रमलाई सम्मान गर्दै उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रुघुबीर महाशेठले सत्य हरिश्चन्द्रबाट सुरु भएको नेपाली चलचित्र अहिलेसम्म आईपुग्दा उधोगको रुपमा स्थापित भईसकेको बताए । चलचित्रकर्मी कल्याणकारी कोषमा सरकारले सहयोग गर्ने भन्दै यस’bout प्रस्ताव लिएर आफ्नो मन्त्रालयमा आउन उनले चलचित्रकर्मीहरुलाई अपिल गरे ।

चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र उधोगको बिस्तार र प्रवर्धनमा चलचित्र पत्रकाहरुको पनि त्यत्तिकै ठुलो योगदान रहेको उनले बताए । चलचित्र पत्रकार संघको रजत वर्षको शुभकामना दिँदै चलचित्र पत्रकारितामा अझ गम्भिर भएर लाग्न उनले पत्रकारहरुलाई सुझाब दिए ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलले पनि चलचित्र उधोगप्रति पत्रकारहरुको दायित्व’bout प्रकाश पारे । उनले चलचित्र कल्याणकारी कोषमा सहयोग गर्न उपप्रधान मन्त्री महासेठसँग अपिल गरे ।

समारोहमा चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले अग्रज चलचित्र पत्रकारहरुको योगदानले संघले आज रजत वर्ष उत्सब मनाउन सफल भएको बताए । चलचित्र पत्रकारहरुको हक हितमा आउँदा दिनमा अझ धेरै काम गर्ने प्रतिबद्धता उनले सो क्रममा जनाए ।

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कोशी सरकारविरूद्धको रिटको आज सुनुवाइ हुँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको रामपुरमा नेपाली काँग्रेस विजयी