पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन

पोखरा । पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार आयोजित समारोहमा अस्पतालको उद्घाटन गरेका हुन् ।

पोखरा विश्वविद्यालयले गत भदौमा आंशिक रुपमा अस्पताल सञ्चालन गरे पनि भवन निर्माण सकिएपछि सोमबारदेखि उद्घाटनसँगै पूर्णरुपमा सञ्चालनमा ल्याएको हो ।

विश्वविद्यालयले आफ्नो मातहतमा पोखरा ३०, ढुंगेपाटन, खुँदीमा रहेको यो अस्पताललाई गत चैतमा केही शर्त पालना गर्ने गरी ६ महिनाका लागि १ सय बेड क्षमताको अस्पताल संचालन गर्न प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले अनुमति प्रदान गरेको थियो । १ सय शैयासम्मको अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले अनुमति दिने भए पनि त्यसभन्दा माथि शैयाका लागि संघ सरकारको अनुमति लिनुपर्छ ।

अस्पतालमा विभिन्न संघसंस्थाको सहयोगमा पाँच करोडका स्वास्थ्य उपकरण संकलन भएको छ । अस्पताल भवन सात करोड बराबरको लागतमा निर्माण गरिएको विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायका डिन डा. अमर नागिलाले जानकारी दिए ।

उद्घाटन समारोहमा मुख्यमन्त्री अधिकारीले अस्पतालले २ वर्षमा बेड क्षमता ३ सय पु¥याएर एमविविएसको अध्यापन गर्ने लक्ष्य पूरा गर्न सकोस् भनी शुभकामना दिए । उनले स्वास्थ्य बिमालाई पहिलो प्राथमिकतामा राखेर अस्पतालले सेवा दिनुपर्ने बताए । शिक्षण अस्पतालको महत्व र सेवालाई बुझेर सबै अगाडि बढ्न उनको आग्रह थियो । स्वास्थ्यका कारण जनता शारीरिक एवं मानिसक रुपमा विचलन नहुने गरी गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा मुख्यमन्त्री अधिकारीको जोड थियो ।

विश्वविद्यालयका रजिष्ट्रार एवं शिक्षण अस्पतालका सञ्चालक समितिका अध्यक्ष प्राडा दीपकबहादुर भण्डारीले विश्वविद्यालयको चिकित्सा शिक्षा कार्यक्रमलाई प्रयोगात्मक अभ्यासका लागि अस्पताल आवश्यक पर्ने भएकाले अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कोशी सरकारविरूद्धको रिटको आज सुनुवाइ हुँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् गोदावरी नगरपालिकाका मेयर आकांक्षी