असारमा १२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल

काठमाडौं । आगामी असारको पहिलो साता काठमाडौंमा ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ आयोजना हुने भएको छ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा यो महोत्सब हुन लागेको हो । महोत्सबको तयारी अन्तिम चरणमा पुगेको यसकी अध्यक्ष एवम् कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले जानकारी गराएकी छिन् ।

‘हामीले नेपाल र अफ्रिकाको संस्कृति आदन प्रदानसँगै चलचित्रबाट दुई फरक महाद्धिपलाई जोड्न १३ वर्ष अघिबाट यो महोत्सब निरन्तर आयोजना गर्दै आएका छौं । महोत्सबले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनु पर्छ भन्ने हाम्रो उदेश्य रहेको छ ।’ महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रले भनिन्,‘हामीले अफ्रिकालाई पश्चिमा देशको दृष्टिकोणबाट हेर्दै आएका छौं । अफ्रिका विभिन्न मात्र हैन, त्यत्तिकै सुन्दर र सम्पन्न पनि छ भन्नेकुरा त्यहाँका चलचित्रबाट हामीले अफ्रिकालागि बिगतझै यस पटक पनि यो महोत्सबमा हेर्ने छौं ।’

अध्यक्ष मिश्रका अनुसार महोत्सबका लागि यसपटक १५ भन्दा बढी अफ्रिकी मुलुकका चार दर्जन भन्दा बढी अफ्रिकन चलचित्र, लुघ चलचित्र तथा बृत्तचित्र प्राप्त भएका छन् । यी मध्य कम्तीमा आठ वटा र बढीमा एक दर्जन अफ्रिकी चलचित्रलाई महोत्सबमा समावेश गराईने भएको छ । महोत्सबमा प्राप्त अफ्रिकन चलचित्रहरुलाई अहिले निर्णायकको टिमले हेरिरहेको छ ।

यस्तै बिगत झैं यसपटक पनि महोत्सबका लागि विभिन्न नेपाली चलचित्र, लघु चलचित्र, बृत्तचित्र, अदिबासी चलचित्र र विधार्थी चलचित्रहरु प्रदर्शन गरिने छ । यही १५ जेठसम्म सिनेकर्मीहरुले नेपालली सिनेमा यो महोत्सबमा सहभागी गर्न सक्ने छन् । फिल्मफ्रि वे, भिमियो लगायतका साईडमा गएर नेपाल अफ्रिका फिल्म फेस्टिबलको पेजमार्फत आफ्नो चलचित्र यो महोत्सबमा पठाउन सकिने पनि आयोजक पक्षले जनाएको छ । फेस्टिबलको पुतलीसडक स्थित कार्यालयमा आएर प्रत्यक्ष फारम भरेर पनि यो चलचित्रमा सहभागी हुन पाईने आयोजक पक्षको कथन छ ।

बिगत झै यसपटक पनि यो महोत्सबलाई तीन दिनसम्म आयोजना गरिने आयोजक पक्षले जनाएको छ । महोत्सबमा चलचित्र प्रदर्शनसँगै विभिन्न विषयमा चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तरक्रियालगायतका विभिन्न कार्यक्रम रहेको छ ।

नेपाली र अफ्रिकन चलचित्रको सम्बन्धलाई जोड्दै दुई फरक महादिपको संस्कृति चलचित्र मार्फत आदन प्रदान गर्नको लागि यो महोत्सब आयोजना गर्दै आएको आयोजक पक्षले जनाएको छ । महोत्सबमा अफ्रिकन चलचित्रको ’boutमा पनि अन्तरक्रिया गरिने भएको छ । बिगत १३ वर्षदेखि यो महोत्सब आयोजना हुँदै आएकोमा कोभिडका कारण एक वर्ष भने आयोजना हुन सकेन् । बाँकी हरेक वर्ष यो महोत्सब हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कोशी सरकारविरूद्धको रिटको आज सुनुवाइ हुँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले सचिव भट्टको निर्वाचन क्षेत्रमा बिरासत जोगाउन दबाब