नेपाली चलचित्र एक्लो बेलायती अभिनेता जेमी बेकन

काठमाडौ‌ । पछिल्लो समय नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बजारमा बिस्तार गर्न बिदेशी चलचित्रलाई पनि समेट्न थालिएको छ । यसै क्रममा यतिबेला छायाँकनको तयारीमा रहेको चलचित्र ‘एक्लो’मा बेलायती अभिनेता जेमी बेकनलाई अनुबन्धित गरिएको छ ।

बेलायतमै रहँदै आएका निर्देशक प्रदीप शाहीले चलचित्र एक्लोलाई निर्देशन गर्दैछन् । उनले बेलायतबाटै चलचित्र अध्यनमा डिप्लोमा गरेका हुन् ।

चलचित्र एक्लोको एक शिर्ष भूमिकामा अभिनेता बेकनलाई अनुबन्धित गरिएको निर्देशक शाहीले बताएका छन्,‘बेकनको अभिनय रहने खबर सार्वजनिक गर्न पाउँदा गर्व लागेको छ । बेकनको अनुबन्धित पछि यो चलचित्रलाई अन्तराष्ट्रिय बजारमा पु¥यान हामीलाई अझ सजिलो हुने भएको छ ।’ निर्देशक प्रदीपले भने ।

साइन्स फिक्सन जनरामा यो चलचित्र निर्माण हुँदैछ । एक्लोको कथा मन परेपछि अभिनेता बेकनले आफु पनि यो चलचित्रमा निर्माता समेत रहने बताएका छन् । नेपाली र बेलायती चलचित्रबीचको सम्बन्धलाई जोड्नको लागि अभिनेता बेकनलाई एक्लोमा लिईएको पनि निर्देशक प्रदीपले जनाए । अभिनेता जेमी बेकन नेटफ्लिक्स शृंखला ’ह्वाइट लाइन्स’ र चलचित्र ‘ब्राइटन’ मा रूचाइएका मुख्य अभिनेता हुन् ।

यो चलचित्रमा बेकनसँगै अभिनेता प्रदीप खड्का, विजय लामा, बेनिशा हमाल, कविता नेपाली, दीया पुन, सुनिल थापा, एवनराज उप्रेतीलगायतको शिर्ष भूमिका रहने छ ।

शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने यो चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ । हाल सेट डिजाइन र प्री प्रोडक्सनको काम भई रहेको र चाँडै नै यसको छायाँकन सुरु गरिने यसका कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले जानकारी गराएका छन् । नेपालमा नै पहिलो पटक अन्तरीक्षमा जाने रकेट र त्यसको स्टेशनको सेट अहिले यो चलचित्रको धमाधम बनाईँदैछ । सो सेट पूर्ण तयार भएपछि अर्को महिनाको अन्तिमबाट चलचित्रको छायाँकन सुरु गरिने पनि निर्माता क्षितिजले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेता जो आफूले आफैंलाई मतदान गर्न पाउँदैनन्