नेपाली नाटक गुलाब आजबाट नर्वेमा मञ्चन

काठमाडौं । नेपाली नाटक ‘गुलाफ’ नर्वेको राजधानी ओस्लोमा मञ्चन हुने भएको छ । अंग्रेजीमा ‘द रोजः एन अवेकनिङ जर्नी अफ यशोधरा’ नाम दिइएको यो चलचित्र आजबाट शनिबारसम्म तीन दिन नियमित मञ्चन हुन लागेको हो । यो नाटक नर्वेमा मञ्चन गर्न चलचित्र गुलावका टिम केही दिन अघि नै ओस्लो पुगिसकेका छन् ।

यो नाटक राम हरि ढकालको परिकल्पना, डिजाइन र निर्देशन त्यहाँ मञ्चन हुँदैछ । यो नाटकमा कलाकारहरु दिया मास्के, सरित साह, देव न्यौपाने, केदार श्रेष्ठ र उमेश तामाङ रहेका छन् । उनीहरु अहिले नर्वे पुगेका छन् ।

सिद्धार्थ गौतमले आफ्ना प्रश्नहरुको उत्तरको खोजीमा नवजात शिशु राहुल, श्रीमती यशोधरा र राज्य त्याग गरेर गएपछि यशोधरामा परेको मानसिक उतारचढावलाई गुलाफको मुख्य कथा बनाईएको छ । फिजिकल थिएटर शैलीमा तयार यो नाटकमा संवाद रहने छैन र दृश्यहरुले कथा बोल्ने छ ।

‘त्यस चरम पीडा र बिछोडको कारणले राजकुमार सिद्धार्थकी पत्नी यशोधराभित्र सिर्जित भावनाहरु, विकारहरु र त्यसले पारेको प्रभाव र परिवर्तनहरु नै यो नाट्य प्रस्तुतिको मूल विषय हो । यसमा यशोधराको पीडादेखि जागरणसम्मको आन्तरिक भावनात्मक यात्रालाई शारीरिक भावभङ्गीमार्फत उजागर गर्ने कोशिस हामीले गर्नेछौं ।’ यसकी अभिनेत्री सरिता गिरीले भनिन् ।

नर्वे सरकारको कला र संस्कृति सम्बन्धि संस्था ‘आर्ट एण्ड कल्चर नर्वे’को सहयोगमा तथा नोर्दिक कल्चर फण्ड र फुक नो नर्वेको साथमा नाटक ‘द रोज’को मञ्चन हुन लागेको निर्देशक ढकालले जनाएका छन् । नाटकको नर्वे मञ्चनमा नर्वेलीहरु र नर्वेमा रहेका नेपालीहरु दुवैलाई लक्षित गरेर मञ्चन गरिन लागेको पनि उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन शाह : साना कुरा गर्दै ठूलो सपना देखाउँदै