पाँचखालमा प्रदेश स्तरीय ३ दिने स्काउट क्याम्प हुने

काठमाडौं । पाँचखाल स्काउट नगर समितिको आयोजनामा र बागमती प्रदेश स्काउट कार्यालयको संयोजनमा प्रदेश स्तरीय वृहत स्काउट क्याम्प हुने भएको छ ।

पाँचखाल स्काउटका संयोजक नवराज बोलखेले आगामी विहिवार अर्थात जेठ १७ देखि १९ गते शनिवारसम्म हुने ३ दिने स्काउट क्याम्पमा प्रदेश भरीका काउटको सहभागिता रहनेछ ।

स्थानीय दुग्धेश्वर माविको प्राङ्गणमा केन्द्रीत रहेर गरिने क्याम्पमा बालबालिकाहरुलाई दैवीप्रकोपलगायत अन्य समयमा सुरक्षित बसेर बस्ने र उद्धार गर्नेलगायतका तालिम दिइने क्याम्प चिफ हर्षबहादुर दनुवारले बताए ।

बागमती प्रदेश स्काउट प्रमुख शिवकुमार त्वायनाले क्याम्पबाट स्काउट बालबालिकाहरुको सर्वाङ्गिण र चौतर्फी विकासका साथ व्यवहारिक ज्ञान दिने बताउँदै स्काउटमा प्रदेश भरीका स्काउटहरुलाई निमन्त्रणा गरिएको बताए ।

काठमाडौ, ललितपुर, भक्तपुर र काभ्रेपलान्चोक जिल्लाका रोभर ,रेन्जर तथा सिनियर स्काउटहरुको प्राविधिक सहायतामा उक्त कार्यक्रम संचालन गरिने बताइएको छ । ।

क्याम्पले बालबालिकामा नेतृत्व, साहस,सीप ,अनुशासन ,समूहीक कार्य , स्वयमसेवा, बिपद ब्यवस्थापन जस्ता विविध पक्षको बिकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

क्याम्प अन्तर्गत साहसिक गतिबिधी, सुपरमेन जम्प, ओमेगा जम्प, कमान्डो ब्रिज मङ्की क्लाम्विङ जस्ता विविध साहाशिक गतिविधिहरु समाबेस गरिने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कोशी सरकारविरूद्धको रिटको आज सुनुवाइ हुँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरका ४ महिलालाई पालिका र वडा हाँक्ने जिम्मेवारी