गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

पोखरा। सर्वोच्च अदालतको परमादेशको आदेशबमोजिम गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त भएका छन् ।

उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १६८ (३) बमोजिम बुधबार दिउँसो मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

यसअघि, एमालेका खगराज अधिकारीले प्राप्त गरेको भनिएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्चले सोमबार उनलाई पदमुक्त गर्दै पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्तिको फैसला सुनाएको थियो । उनले बुधबार साँझ ५ पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने तयारी रहेको छ ।

यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादी समर्थनमा पाण्डे मुख्यमन्त्री बनेका थिए । केन्द्रमा सत्ता परिवर्तनसँगै उनको बहिर्गमनपछि एमालेका अधिकारी संविधानको धारा १६८(२) बमोजिम दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त भएका थिए ।

तर अधिकारीले विश्वासको मतविरुद्ध कांग्रेस ससंदीय दलका नेता पाण्डेले सर्वोच्चमा रिट दायर गरेकोमा न्यायाधीशहरु कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले ६० सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ३१ जनाको समर्थन हुनुपर्ने व्याख्या गर्दै उनले पाएको विश्वासको मत असंवैधानिक ठहर गरेको थियो ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेस हो । उसको यहाँ २७ सिट छ । एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र स्वतन्त्र १ जना सांसद छन् ।

तपाइको प्रतिक्रिया
(Visited 114 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
‘ब्यूटी प्याजेन्ट’ बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन