‘नेपाल बुढानिलकण्ठ गएको विषय सहज रुपमा लिनु, सत्ता समीकरणमा समस्या छैन’

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सत्ता समीकरणमा कुनै समस्या नरहेको ब्रिफिङ गरेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार सहज ढंगले अघि बढिरहेको भन्दै वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका हुन् ।

बैठकमा उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बुढानिलकण्ठ गएर कांग्रेस सभापति शेरबहादुर देउवासहित विपक्षी दलका नेताहरुसँग भेट गरेको विषयलाई स्वभाविक रुपमा लिन आग्रह गरेका थिए ।

साथै बैठकमा प्रचण्डले नेपाल बुढानिलकण्ठ जानु अघि आफुलाई जानकारी गराको बताउदै सत्ता समीकारण पाँच बर्ष नै टिक्ने दाबि गरेका थिए । 

बुधबार साँझ अध्यक्ष नेपालले कांग्रेस सभापति देउवासहित जसपा नेपाल र लोसपाका नेताहरुलाई भेटगर्दै मधेशमा सरकार बनाउने विषयमा छलफल गरेपछि सत्ता समीकरण तरंगित बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ