सातौं संस्करणको साफ महिला च्याम्पियनसिप नेपालमा


१७ देखि ३० अक्टोबरसम्म हुने साफ महिला च्याम्पियनसिपको सातौं संस्करण आयोजना गर्ने जिम्मेवारी नेपालले पाएको छ । क्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले सोमबार बसेको प्रतियोगिता समितिको बैठकमा नेपाललाई आयोजक देशको रुपमा स्वीकृत दिएको हो । योसँगै नेपाल यसको तयारीमा जुटिसकेको छ । काठमाडौंको दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपाल उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।
साफका सातै सदस्य संघहरूको सहभागिता रहनेछ । प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र नेपाल समावेश छन् । नेपालले यसअघि २०२२ को संस्करणको पनि आयोजना गरेको थियो । त्यसबेला नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । फाइनल खेलमा बंगलादेशले नेपाललाई ३–१ ले हराएको थियो । यस पटक घरेलु मैदानमा नेपाल उपाधी उचालेर घरेलु दर्शकलाई उत्साहित बनाउन चाहान्छ । नेपालमा पछिल्लो समय महिला फुटबलको स्तरबृद्धि भइरहेकोले पनि यो प्रतियोगिता नेपालमा हुनुलाई महत्वका साथ हेरिएको छ ।
भारतले पहिलो ५ संस्करण जितेको छ । यस क्रममा भारतले नेपाललाई चार पटक र बंगलादेशलाई एक पटक फाइनलमा हराएको छ । साफ महिला च्याम्पियनसिप दक्षिण एसियाली फुटबलमा महत्वपूर्ण स्थान राख्दछ। यस प्रतियोगिताले महिला फुटबलको विकासमा ठूलो योगदान पु¥याएको छ । नेपाललाई पुनः आयोजक देशको रुपमा चयन गरिनुले यहाँको फुटबल संरचना र व्यवस्थापनमा विश्वस्तता रहेको प्रमाणित गर्दछ ।
नेपालले आफ्ना समर्थकहरूको अगाडि उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य राखेको छ । नेपाली टिमले यसपटकको प्रतियोगितामा उत्कृष्ट तयारी र उच्च मनोबलका साथ मैदानमा उत्रने विश्वास गरिएको छ ।
यस च्याम्पियनसिपले दक्षिण एसियाली महिला फुटबल खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट मञ्च प्रदान गर्ने बताइएको छ । खेलप्रेमीहरूले प्रतियोगिता उत्साहका साथ पर्खिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना