एसिया ट्रायथलन कग्रेसमा सिनियर सल्लाहकारमा श्रेष्ठको नाम अनुमोदन

एसिया ट्रायथलनको कग्रेसमा सोमबार नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठलाई एसिया ट्रायथलनका अध्यक्षको सिनियर सल्लाहकारमा अनुमोदन गरेको छ ।
सउदी अरबको रियादमा भएको सो सभामा नेपालबाट नेपाल ट्रायथलन संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र कोषाध्यक्ष निरज श्रेष्ठले सहभागिता जनाएका छन् । जुन १ मा सुरु भएको सो सम्मलेनमा ४ जुनमा सम्पन्न चल्लने ।
सन् २०२३ को जुन २३ मा जापानमा भएको चुनावी साधारण सभाबाट साउदी अरेबियाका राजकुमार फहाद बिन जलाबी बिन अब्दुल अजिज एसिया ट्रायथलनको अध्यक्ष चुनिएका थिए । चुनावपछिको पहिलो बैठकमा अध्यक्ष अल्दुल अजिजले श्रेष्ठलाई एसिया ट्रायथलनको अध्यक्षका सिनियर सल्लाहकारमा नियुक्त गरेका थिए । जसलाई सउदी अरबको रियादमा भएको एसिया ट्रायथलनको कङ्ग्रेसले अनुमोदन गरेको कोषाध्यक्ष निरज श्रेष्ठले बताए । श्रेष्ठ दक्षिण एसियाली ट्रायथलन संघका अध्यक्ष, विश्व ट्रायथलन अन्तर्गतको एनओसी रिलेसन कमिसनका सदस्य तथा ओलम्पिक काउन्सिल अफ एसियाको कल्चर कमिसनका सदस्य समेत हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
घोडाघोडीमा दुई पक्षीय प्रतिस्पर्धा