५ मिनेटको हुरीले सप्तरीमा लाखौंको क्षति

सप्तरी । सोमवार दिउसो हल्का वर्षासँगै चलेको हुरीले जिल्लाका विभिन्न स्थानका घर, विद्यालय, मन्दिर, कार्यालय प्रतियोगितास्थल लगायत स्थानमा लाखौंको क्षति भएको छ ।

कतिपय ठाउँमा रुख र विद्युतीय पोल ढल्दा सडक आवागमन र विद्युत आपुर्ती सेवा पनि अवरुद्ध भएको छ । राजविराजको हुनमानमन्दिर, बाबा भुतनाथ मन्दिर, नेपालटेलिकमको शाखा कार्यालय, कतिपय विद्यालय र घरको छाना उडाएको छ ।

हावाहुरीका कारण नगरको मुख्य बजार मेनरोडमा २ वटा रुख ढलेर आवागमन प्रभावित भएको छ । यस्तै राजविराज–हनुमाननगरको देउरी सडक खण्डमा २ वटा विद्युतीय पोल र आधा दर्जन जती रुख सडकमा ढलेर सो मार्गमा आवागमन प्रभावित हुनुका साथै नगरमा विद्युत आपुर्ती सेवा पनि ठप्प भएको छ ।

कतिपय पालिकामा सोलार प्यानल उडाएको छ । यता हावाहुरीले स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय खेल मैदानमा संचालित सप्तरी प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थलमा पनि ठुलै क्षती पुगेको छ ।

प्रतियोगिता आयोजक क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठका अनुसार हावाहुरीले २५ लाख भन्दा बढीको क्षती भएको छ । उनले खेलको प्रत्यक्ष प्रसारणका लागी लगाइएको ३ वटा क्यामरा, बहुमुल्य उपकरण, साउण्ड सिस्टम, टेन्ट पण्डाल, कुर्सी, स्क्रीन बोर्ड, प्रचार प्रसार लगायतका समाग्री नष्ट भई २५ लाख भन्दा बढीको क्षती भएको बताए ।

यस्तै ५ मिनेटको हावाहुरीले जिल्लाको विभिन्न स्थानमा लाखौको क्षती भएको बताइएको छ । प्रहरीले क्षतीको विवरण संकलन गर्ने कार्य भईरहेकाले यकिन विवरण उपलब्ध गराउन केही समय लाग्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 136 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जित्ने र हार्ने दुवै विजय उत्सवमा