एमाले पोखरा महानगरमा आचार्य निर्वाचित

पोखरा । नेकपा एमाले पोखरा महानगरपालिका कमिटी अध्यक्षमा जीवनप्रसाद आचार्य निर्वाचित भएका छन् । कमिटीको दोस्रो अधिवेशनअन्तर्गत सोमबार सम्पन्न अन्तिम मतपरिणाममा उनले अध्यक्षका प्रत्यासी दीपक पौडेललाई ६७ मतअन्तरले पराजित गर्दै निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत मदनप्रसाद तिवारीले बताए ।

खगराज अधिकारीनिकट मानिने आचार्यले कुल खसेको ४ सय ८७ मतमा २ सय ७७ मत प्राप्त गरेका हुन् । पौडेलले २ सय १० मत ल्याए । आचार्य यसअघि सचिव थिए भने पौडेल पहिले अध्यक्ष भइसकेका थिए ।

६८ क्लष्टर रहेको चुनावमा सर्वसम्मत् प्रयास विफल भएपछि आचार्य र पौडेल प्यानल बनाएरै चुनावमा होमिएका थिए । यो भनेको एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी र केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ गुट हावी थियो । चुनावमा अधिकारी प्यानलले पदाधिकारीसहित अधिकांश सदस्यमा चुनाव जितेको हो । गत वर्षमात्रै भएको एमाले गण्डकीको चुनावमा गुरुङ र कास्की जिल्ला अधिवेशनमा अधिकारीनिकटका उम्मेदवारले चुनाव जितेका थिए ।

जीवनप्रसाद आचार्य

पोखरा महानगर उपाध्यक्षमा अधिकारीनिकटकै नरेन्द्रनाथ ढुंगाना निर्वाचित भए । उनले २ सय ८४ ल्याउँदा उनका प्रतिस्पर्धी मोहन गुरुङले २ सय ३ ल्याए । सचिवमा सुशील बस्नेत २ सय ६७ मत ल्याउँदै निर्वाचित भए । उनका प्रतिस्पर्धी दिनेशबाबु खड्काले २ सय २० मत ल्याए । उपसचिव (खुला) मा विष्णुप्रसाद गौतम निर्वाचित भए । गौतमले ३ सय १० मत ल्याए । उनका प्रतिस्पर्धी लालबहाुदर रानाले १ सय ७७ मत मात्र ल्याए । उपसचिव (महिला) मा हरिमाया विश्वकर्मा २ सय ८० मत ल्याउँदै निर्वाचित भइन् । उनका प्रतिस्पर्धी किरण गौतमले २ सय ७ ल्याउन सकिन् ।

खुला १० सदस्यमा झलकप्रसाद बराल, शंकर भट्टराई, सूर्यप्रसाद उपाध्याय, जीवन तिवारी, कृष्ण आचार्य, टंकप्रसाद सुवेदी, दानबहादुर शाही, प्रदीप सुवेदी, राजेन्द्रप्रसाद पौडेल र प्रेमराज बसौला निर्वाचित भए । जसमा २३ जनाले उम्मेदवारी दिएका थिए ।

पालिका महिला ५ सदस्यमा १० जनाको मनोनयन भएकोमा सीता केसी, लक्ष्मी तिम्सिना, कुलमाया पौडेल, राधिका पौडेल र मीनाकुमारी ठकुरी विजयी भए ।

पालिका युवा खुलामा १३ जना चाहिनेमा २९ जना प्रतिस्पर्धामा थिए । जसमा प्रदीप गुरुङ, इ. भवसागर रानाभाट, शंकर पौडेल, इच्छाबहादुर गुरुङ, भक्तबहादुर गुरुङ, विनोद भण्डारी, राजेन्द्र गिरी, विष्णु बास्तोला, सुविन तिमिल्सेना, सन्देश तिमिल्सेना, सन्तोष थापा, लोकेन्द्रराज (उत्तम) गिरी र सुनिल गोतामे निर्वाचित भए ।

लेखा कमिटी अध्यक्षमा जीवन आचार्य प्यानलका दुर्योधन गिरी विजयी भए । उनले अर्का प्रत्यासी राजेश गुरुङलाई हराएका हुन् । गिरीले २ सय ६४ र गुरुङले २ सय २३ मत ल्याए । लेखा कमिटी उपाध्यक्षमा विष्णुहरि तिवारी, सचिवमा कमलमोहन आचार्य, सदस्यमा सञ्जयबाबु भट्टराई, सदस्य (महिला) मा पवित्रा केसी निर्वाचित भए ।

६८ क्लष्टरमध्ये १ सय १ सदस्यीय कमिटीमा २ सय बढी उम्मेदवार चुनावमा होमिएका थिए । शनिबारदेखि सुरु भएको अधिवेशनअन्तर्गत सोमबार बिहान ७ देखि दिउँसो साढे १२ बजेसम्म इलेक्ट्रिक भोटिङमार्फत मतदान भएको हो । पोखरा सभागृहमा भएको मतदानका लागि २६ मेसिन राखिएको थियो । अधिवेशनमा ४ सय ९८ जना मतदातामध्ये ४ सय ८७ जनाले मतदान प्रक्रियामा भाग लिएको प्रमुख निर्वाचन अधिकृत मदनप्रसाद तिवारीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरका कृष्णपुरमा काङ्रेसकै प्रमुख र उपप्रमुख