अमरगढीमा अमरसिंह थापाको पूर्णकदको शालिक अनावरण

बडाकाजी अमरसिंह थापाको पूर्णकदको मूर्ती अनावरण गर्दै अमरगढी नगरपालिकाका नगर प्रमुख जोशी । तस्बिरः सम्झना पाण्डेय

डडेल्धुरा । जिल्ला सदरमुकाम खलंगामा अवस्थित ढुंगे अमरगढी किल्लामा बडाकाजी अमरसिंह थापाको पूर्ण गतको शालिक अनावरण गरिएको छ । पहिले स्थापना गरिएको शालिकको अनुहार थापाको अनुहारसंग नमिल्ने भएपछि उक्त शालिक हटाई हाल बडाकाजी थापाको पूर्णकदको शालिक स्थापना गरि अनावरण गरिएको हो । किल्ला प्रवेश गर्ने पश्चिमतिरबाट बनाएको गेटमा हातमा तलबारसहितको थापाको पूर्णकदको शालिक अनावरण गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रमका बिच अमरगढी नगरपालिकाका नगर प्रमूख डिल्लीराज जोशीले शालिकको अनावरण गरे ।

अमरगढी नगरपालिका १ दहमा रहेको तत्कालिन नेपाली सेनाको रणबम गणको पहलमा अमरगढी नगरपालिकाले बडा काजी अमरसिंह थापाको पूर्णकदको धातुको मिश्रणबाट शालिक तयार पारिएको थियो । यही स्थानमा पहिले अमरसिंह थापाको कंत्रिटबाट बनाईएको अर्धकदको शापलक थियो । उक्त शालिककको अनुहार थापासंग नमिलेकाले हाल हटाई नयाँ शालिक स्थापना गरि अनावरण गरिएको रण्मबम गणका गणपती प्रविन थापाले जानकारी दिए । उनका अनुसार नेपाली सेना २५ नं. बाहिनिका बाहिनिपति मनोज थापाको उपस्थितिमा शालिक अनावरण गरिएको हो ।

अंग्रेजसँगको लडाईका लागि निर्माण गरिएको ढुंगे अमरगढी किल्लामा प्रथम शासकका रुपमा बडाकाजी अमरसिंह थापा आउनुभएको ईतिहास छ । अमरगढी किल्ला कै नामबाट जिल्ला सदरमुकामको नगरपालिकाको नामाकरण गरिएको थियो । २०५४ सालमा अमरगढी नगरपालिकाको स्थापना पछि किल्लाको प्रवेशद्धारमा अमरसिंह थापाको मूर्ती स्थापना गरिएको थियो । तर उक्त मूर्तीको अनुसार थापासँग नमिलेको भन्दै हाल परिर्वतन गरिन गरिएको अमरगढी नरपालिकाका अधिकृत लालबहादुर साउदले जानकारी दिए ।

रणबहादुर शाह शासनकालको सन १८४७ भाद्र ३१ गते नेपाल एकिकरण शिलशिलामा डोटेली राज्यको नारी दाङमा युद्ध भएपछि बिशाल डोटी राज्य नेपाल अधिराज्य राज्यमा गाभिएको थियो । नारीदाङमा कप्तान रणविर खत्रीको नेतृत्वमा आएको दश कम्पनीका सैनिक जवान र डोटेली राज्यसंग घमासान युद्ध भएको ईतिहास छ ।

युद्धमा गोरखाली फौजसंग डोटेली फौज पराजित भईसकेपछि यस भूू–भागको सुशासनलाई सुदृढ र विस्तार गर्न बडाकाजी अमरसिंह थापा प्रथम प्रशासकको रुपमा आउनुभएको थियो । उहाँले यस क्षेत्रको संरक्षणसंगै महाकाली नदी पारि पश्चिम काँकडासम्म विजय अभियानलाई जारी राख्नुभयो । यसैकालमा यस ढुुङ्गेकिल्लाको निर्माण सरदार अमरसिंह थापा, काजी जगत पाण्डे, कप्तान गोलैया, कप्तान रणवीर खत्री, सुुब्बा जोगनारायण मल्ल, सुुब्बा फौदसिंह, सुग्विर खत्री लगायतका सैनिक कमाण्डरहरुले गरेका थिए । १८औँ शताब्दिको ईतिहास बोकेको ढुुङ्गे किल्ला हाल जिर्ण हुदै गएको ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा अब बालेन यात्रा