धनगढीमा निःशुल्क शव चिस्यान सेवाले मृतकका आफन्तहरूलाई सहज

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको शव चिस्यान सेवाबाट मृतकका आफन्तहरूलाई सहज भएको छ । उपमहानगरपालिकाले नगर क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको लागि शव चिस्यान सेवा प्रदान गर्दै आएको छ ।

कोहीकसैको मृत्यु भएपछि टाढा रहेका आफन्त आइपुग्न ढिलो हुने भएपछि शवलाई चिस्यान केन्द्रमा राख्ने व्यवस्था मिलाइएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरले शव चिस्यान सेवा पाँच महिना अघि (गत पुस) देखि सञ्चालनमा ल्याएको हो ।

मृतकका आफन्तले काम विशेषले घरबाहिर भएका सदस्य नआउन्जेलसम्म शवलाई सुरक्षित राख्न निःशुल्करुपमा शव चिस्यान सेवाको उपयोग गर्दै आएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलवारी, ५३ नम्बर टोलका जंग चौधरीको मृत्यु भएपछि उनका आफन्तहरू कामविशेषले घरबाट टाढा रहेकोले नगर प्रहरीले घरमै चिस्यान उपकरण उपलब्ध गराएको थियो ।

आफन्तजन दुई दिनपछि आएपछि मृतकको दाहसंस्कार गरियो । उपमहानगरको शव चिस्यान उपकरणले जंगको शव घरमै सुरक्षित राख्न धेरै सहज भएको स्थानीयले बताए । उपमहानगरपालिकाले सञ्चालन गरेको शव चिस्यान केन्द्रका कारण मृतकका आफन्तहरूलाई निकै सहज भएको धनगढी ६ का बिष्णुदत्त खड्काले बताए ।

उपमहानगरले सवा दुई लाख रुपैयाँको लगानीमा विद्युतबाट सञ्चालन हुने दुईवटा शव चिस्यान मेसिन खरिद गरेको छ । विदेश वा घरबाट टाढा रहेका परिवारका सदस्य आउँदासम्म शवको सुरक्षाका लागि चिस्यान सेवा सुरु गरिएको उपमहानगरले जनाएको छ ।

उपमहानगरपालिकाले सञ्चालन गरेको शव चिस्यान केन्द्रको सेवा लिनेहरूको संख्या बढ्दै गएको जनाएको छ । धनगढी उपमहानगरपालिकासँग हाल दुईवटा शव चिस्यान उपकरण रहेका छन् । धनगढी नगर प्रहरी बलका अनुसार शव चिस्यान सेवा सञ्चालनमा ल्याएपछि हालसम्म ५५ जनाले यो सेवा लिएका छन् ।

त्यस्तै, धनगढी उपमहानगरपालिकाले विपन्न परिवारलाई आफन्तको निधन हुँदा अन्तिम संस्कारका लागि दाउरा खरिद गर्न पाँच हजार रुपैयाँसमेत दिने व्यवस्था गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन तन्नेरी, जसलाई चुनाब जित्न दलको सहारा लिनु परेन