साउदीद्वारा भिजिट भिसामा कडाइ

काठमाडौं । साउदी पब्लिक सेक्युरिटीले भिजिट भिसामा साउदी पुगेर समयमै नफर्किए ६ महिना जेल र ५० हजार रियाल जरिमाना गर्ने भएको छ । जोकोहीलाई पनि भिजिट भिसा साउदी आएर नफर्किएमा उनीहरूले धेरै जरिमानाको सामना गर्नुपर्नेछ, जसमा अधिकतम ६ महिनाको जेल सजाय र ५० हजार रियालसम्म जरिमाना हुने पब्लिक सेक्युरिटीले जनाएको छ ।

कानुन उल्लंघन गर्ने व्यक्ति विदेशी भएमा डिपोर्ट गरिनेछ । सबै प्रकारका भिजिट भिसा भएकाहरूलाई भिसाको म्याद सकिनुअघि नै राज्य छाड्ने सुरक्षा अधिकारीहरूले निर्देशन दिएका छन् । सार्वजनिक सुरक्षाले भनेको छ कि सबै प्रकारका भिजिट भिसा भएकालाई पवित्र सहर मक्कामा प्रवेश गर्न वा बस्न अनुमति दिइनेछैन ।

समयमै नफर्किए ६ महिना जेल र ५० हजार रियाल जरिमाना

आन्तरिक मन्त्रालयले हालै घोषणा गरेनुसार उल्लंघन गर्ने साउदी नागरिक, प्रवासी र आगन्तुकहरूलगायतका हज अनुमतिबिना मक्का प्रवेश गर्ने क्रममा २५ जुनसम्मको अवधिमा पक्राउ परेकाहरूलाई १० हजार जरिमाना लगाउने जनाएको छ । पवित्र सहर मक्का, सेन्ट्रल हराम क्षेत्र, मिनाको पवित्रस्थल, अराफात र मुजदलिफा, रुसाइफाहको हरामेन रेल स्टेसन, सुरक्षा नियन्त्रण केन्द्रहरू, तीर्थयात्रीको समूहमा हज अनुमति बिना पक्राउ परेका जोकोहीलाई जरिमाना गरिनेछ ।

सम्बन्धमा मन्त्रालयले जारी गरेको नियम र निर्देशन उल्लंघन नगर्न र गर्नेलाई जरिमाना गरिने जनाएको छ । सार्वजनिक सुरक्षाले मक्का, रियाद र पूर्वी प्रान्तका क्षेत्रहरूमा टोल फ्री नम्बर ९११ र बाँकी क्षेत्रमा ९९९ नम्बरमा कल गरेर आवास, श्रम, र सीमा सुरक्षा नियमको उल्लंघन गर्नेहरूका ’boutमा रिपोर्ट गर्न पनि आह्वान गरेको छ ।

५४ नेपालीलाई एक्जिट भिसा
साउदीमा गैरकानुनी रूपमा रहेका ९२ जना नेपालीले एक्जिट भिसा प्राप्त गरेका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार वहिर्गमन भिसा (एक्जिट भिसा) को प्रक्रिया गरिएकामध्ये ५४ जनाको एक्जिट भिसा प्राप्त भएकाले चाँडोभन्दा चाँडो नेपाल फर्कन अनुरोध गरेको छ ।

गैरकानुनी तथा अलपत्र नेपालीहरूले आफ्नो मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने दूतावासमा आएर आफ्नो एक्जिट भिसाको पेपर लिएर लिएर जान दूतावासले अनुरोध गरेको छ । एक्जिट भिसा लागेको म्यासेज मोबाइलमा आएसकेको छ भने एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुन्छ एक्जिट पेपर लिनका लागि दूतावासमा आइरहनुनपर्ने जनाएको छ ।

एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुनेछ । तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ । एक्जिट भिसा प्रोसेसिङका सम्बन्धमा जानकारी चाहिएमा दूतावासको फेसबुक पेजमा राखिएको जानकारीमूलक सूचना हेर्न पनि दूतावासले अनुरोध गरेको छ ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो । तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने हुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाँच दलीय गठबन्धनले स्थानिय निर्वाचन प्रभावित पार्न खाेजे