बजेटप्रति ओली असन्तुष्ट

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट भएका छन् । अर्थमन्त्री वर्षमान पुनले सदनमा पेस गरेको आर्थिक वर्ष २०८१÷८२ को बजेट ल्याउनुअघि सरकारले सत्तारूढ दलसँग सल्लाह नै नगरेको ओलीको आरोप छ ।

एमाले संसदीय दलको शनिबार बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्थमन्त्री पुनले ल्याएको बजेटमा भएका कमीकमजोरीको खुलेर प्रश्न उठाउन सांसदलाई निर्देशनसमेत दिए ।

आइतबार बस्ने संसदको बैठकमा बजेटमाथि छलफल हुँदै छ । सत्तारूढ दलसँग छलफल गरेर बजेट ल्याएको भए अझै राम्रो हुनसक्ने टिप्पणी ओलीले गरेका छन् । बजेटमा आएका केही नीतिमा उल्झनपूर्ण रहेको समेत टिप्पणी उनले गरे ।

यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको ?

‘एकदमै समान्य हिसाबले भन्ने हो भने, दफावार हिसाबले नजाने हो भने यो बजेट सरकारमा सहभागी राजनीतिक दलसँग सल्लाह, छलफल, परामर्श गरेर ल्याएको भए धेरै राम्रो हुनसक्थ्यो,’ ओलीले भने, ‘छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको हो जस्तो अलि बढ्ता देखिएको छ । रकमको बाँडफाँट पनि त्यस्तै खालको अलि बढी एकातिर ढल्किएको जस्तो देखिन्छ, त्यसैले यो बजेटको कमीकमजोरी औंल्याउनै हुन्न भन्ने होइन, कमीकमजोरी औंल्याउनुपर्छ ।’

बजेटको निर्माण प्रक्रियामै कमीकमजोरी रहेको बताउँदै उनले त्यसै कारण यसमा गम्भीर त्रुटि देखिएको बताए ।

‘हामीले समाजवाद निर्माणको बाटो लिएका छौं । त्यसका लागि समाजवादका आधार निर्माणका लागि समाजवाद उन्मुख बजेट, नीति, कार्यक्रम, योजना स्पष्ट ढंगले बजेटले समाउनुपथ्र्यो । अलि अन्योलग्रत जस्तो देखिन्छ । पछि साथीहरूले यसमा छलफल गर्नु नै हुनुहुनेछ,’ ओलीले भने ।

ओलीले सत्तारूढ दलसँग छलफल नगरी बजेट आएको बताउँदै कमीकमजोरी उठाउन निर्देशन दिए पनि बजेटको समर्थन गर्दै पारित गर्नुपर्ने बताए । ‘एउटा कुरा चाहिँ हामीमा कुनै दुविधा रहनुहुँदैन, यस बजेटलाई हामी समर्थन गर्छौं र पारित गर्छौं । यसको अर्थ बजेटमा रहेको कुनै कमिकमजोरी औंल्याउनै हुन्न भन्ने होइन,’ उनले भने ।

उनले बजेटमा भएका कुनै पनि कमीकमजोरी औंल्याउन हुँदैन भन्ने मान्यता नरहेको तथा हिजो र आजको बजेटमा स्थानीय, प्रदेशमा के कति परिवर्तन भयो भन्ने कुरा ख्याल गर्नुपर्ने बताए । ‘बजेटमा रहेका कुनै पनि कमजोरी औंल्याउनै हुँदैन भन्ने होइन, बजेटमा रहेका कमी माननीयहरूले आफ्नो क्षेत्र र जिल्लामा, प्रदेशमा हिजोको र आजको के कमीकमजोरी छ, के हुनुपथ्र्यो ? के अझै घट्यो ? यस्ता कुराहरूमा छलफलमा प्रश्न उठाउन सक्नुहुन्छ,’ ओलीले भने ।

‘आफ्नो क्षेत्रको आयोजनामा बजेट कटौती भएको छ भने बजेटको आकार नघटेको स्थितिमा आयोजनाका लागि छुट्याइएको रकम घट्यो भने त्यसको औचित्य के हो ? नयाँ ठूलो राष्ट्रिय आयोजना अघि बढाउँदै छ कि त्यो हेर्नुपर्छ नत्र एउटालाई अनुकूल अर्कालाई प्रतिकूल छ भने त्यो कमीकमजोरी भयो भन्ने निष्कर्ष निकाल्न सकिन्छ,’ ओलीको भनाइ थियो ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड पुरानै गठबन्धन ब्युँताउने सोचमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पर्सा गाउँपालिकामा कांग्रेसकै अध्यक्ष र उपाध्यक्ष निर्वाचित